२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनगणनालाई विश्वसनीय बनाउनुपर्ने

अ+ अ-

चितवन । जनगणनालाई विश्वसनीय बनाउनुपर्ने आइतबार यहाँ आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क विभाग र तथ्याङ्क कार्यालय चितवनले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रियामा वक्ताले जनगणनाको तथ्याङ्कलाई आधार मानी विकास निर्माणका काम हुने भएकाले यसलाई विश्वसनीय बनाउन आवश्यक रहेको बताएका हुन् ।

जनगणनाको कामलाई प्रभावकारीरूपमा अघि बढाउन स्थानीय, प्रदेश र केन्द्र सरकारको समन्वय महत्वपूर्ण रहेको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेको तथ्याङ्क अनुमानको भरमा आउन नहुने बताए । अनुमानको भरमा आएको तथ्याङ्कले विकास निर्माणका कामलाई असहज बनाउने बताउँदै उनले वास्तविकतामा आधारित तथ्याङ्क आउन आवश्यक रहेको बताउए ।

सो अवसरमा रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय योजनामा समेटिएका विषयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई जनगणनाले प्रभावित पार्ने बताए । वास्तविक तथ्याङ्क आउन नसके हरेक काममा असहज हुने भन्दै उनले स्थानीय तहको परिचालन गर्न सक्नु आजको आवश्यकता रहेको बताए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अहिलेसम्मका गणना त्रुटिपूर्ण रहेको भन्ने आभाष आम नागरिकमा रहेको भन्दै यसलाई सच्याएर अघि बढ्नुपर्ने बताए । कार्यक्रममा भरतपुर–१० का वडाध्यक्ष अरुण पीडित भडारी, प्रध्यापक युवराज पराजुली, अम्बिकालाल श्रेष्ठ, केदार भण्डारीलगायतले जनगणनालाई विश्वसनीय बनाउन खेल्नुपर्ने भूमिकाका विषयमा धारणा राखेका थिए ।

केन्द्रीय तथ्याङ्क विभागका उपमहानिर्देशक डिल्लीराज ओस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागका जनसङ्ख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले जनसङ्ख्याको परिवर्तन, लैङ्गिक अवस्था, वृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्नसक्ने जनशक्ति विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने जानकारी दिए । त्यसैगरी प्रजनन दर, अपाङ्गता, बसाइँसराइ, भविष्यमा हुने जनसङ्ख्याको आँकलनलगायतका विषयमा पनि तथ्याङ्क सङ्कलन गरिने उनले बताए ।

त्यसैगरी जातजाति, धर्म, मातृभाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्याङ्क सङ्कलन हुने लामिछानेले जानकारी दिए । उनका अनुसार वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपाङ्गता भएका व्यक्तिको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाइँसराइ, महिलाको प्रजनन स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्याङ्क लिइने छ ।

तथ्याङ्क सङ्कलनपछि गरीबीको दर, मानव विकास सूचकाङ्कका सूचक, बहुआयामिक गरीबी सूचकाङ्क, रोजगारी तथा बेरोजगारी दर, कुपोषण, गर्भ निरोधको साधन प्रयोगदर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरणसम्बधी सूचक जानकारी लिन सकिने लामिछानेले बताए । तथ्याङ्क सङ्कलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ ।

देश सङ्घीयतामा गइसकेकाले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्याङ्क तहगतरूपमा समेटिने गरी तथ्याङ्क सङ्कलन गर्ने प्रयास भइरहेको उनले बताए । सोका लागि सबैको सहयोग आवश्यक रहेको सो अवसरमा जानकारी गराइएको थियो । रासस