धनगढी विमानस्थल एक महिनाका लागि बन्द « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

धनगढी विमानस्थल एक महिनाका लागि बन्द


२२ बैशाख २०७६, आइतबार


धनगढी । सूदुरपश्चिम प्रदेशको मुख्य हवाई केन्द्र धनगढी विमानस्थल एक महिनाका लागि बन्द हुने भएको छ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतीका लागि उडान बन्द गरेर काम गर्न लागेको जानकारी दिएको छ।

बैशाख २२ गतेदेखि जेठ २१ गतेसम्मका लागि विमानस्थल बन्द हुने भएको छ।

धावनमार्ग तथा उडान उपकरण स्तरोन्नती कार्यका लागि विमानस्थल बन्द गर्न लागिएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस