खोटाङ । ऐसेलुखर्क गाउँपालिका-१ मबी बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने २१ वर्षीय जिवन बहादुर जोगीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।







