राष्ट्रसंघको आतंकवादी सूचीमा जैश–ए–मोहम्मद समूहका नेता « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

राष्ट्रसंघको आतंकवादी सूचीमा जैश–ए–मोहम्मद समूहका नेता


१९ बैशाख २०७६, बिहिबार


काठमाडौं । काश्मीरमा आत्मघमती आक्रमण गराउने जैश–ए–मोहम्मद समूहका प्रमुख मसूद अजहर राष्ट्रसंघको आतंकवादी सूचीमा परेका छन् । भारत र पाकिस्तानलाई युद्धको संघारमा पुर्याइदिने गरी भारत प्राशासित कश्मीरमा आत्मघाती आक्रमण गराउने समूहका नेता अजहरलाई राट्रसंघले आतंकवादी घोषणा गरेका हो ।

गत फेब्रुअरीमा जैश–ए–मोहम्मद समूहले कश्मीरको पुलवामा ४० जना भारतीय अर्धसैनिक बलका सदस्यको ज्यान जाने गरी विस्फोटन गराएको थियो ।

यसबारे सुरक्षा परिषदले विज्ञप्ति जारी गर्दै मौलाना मसुद अजहरको सम्बन्ध अलकायदासँग रहेको जनाएको छ । उनले आक्रमणको योजना बनाउने, पैसा जम्मा गर्ने, हतियार ओसारपसार र बेच्ने गरेको आरोप छ ।

पाकिस्तानले भने मसुद अजहरलाई आतंककारी घोषणा गर्ने संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद प्रतिवन्ध समितिको निर्णयप्रति प्रश्न उठाएको छ । यो समितिले कुनै पनि निर्णय गर्दा सर्वसम्मतीबाट गर्छ तर, चीनको विरोध हुँदाहुँदै आतंककारी घोषणा गरिएको पाकिस्तानको भनाइ छ ।

यद्यपि पाकिस्तानले आफ्नो भूमिबाट कुनै पनि संगठनलाई आतंक फैलाउन नदिइने बताएको छ र आतंकवाद अन्त्य गर्ने संकल्प पनि गरेको छ ।

भारतले मसुद अजहर नेतृत्वको जैश ए मोहम्मदलाई भारतका धेरै स्थानमा भएका आक्रमणमा जिम्मेवार मान्दै आएको छ । आलै पुलवामा भएको आक्रमणमा पनि जैश ए मोहम्मदकै हात भएको भारतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस