नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेपाल र इक्वेटोरियल गिनीबीच सम्बन्ध स्थापना


१८ बैशाख २०७६, बुधबार


काठमाडौं । भूमध्यरेखा र गिनीको खाडी नजिक रहेको अफ्रिकी देश इक्वेटोरियल गिनी र नेपालबीच द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

मङ्गलबार न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा भएको एक सङ्क्षिप्त कार्यक्रममा दुई राष्ट्रपछि दौत्य सम्बन्ध स्थापना भएको हो । यो सँगै नेपालको १६५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।

संयुक्त राष्ट्रसंघका लागि नेपाल र इक्वेटोरियल गिनीका स्थायी प्रतिनिधि क्रमश : अमृतबहादुर राई र एन्टोनियो डङ बाले कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रका हस्ताक्षर गरे ।

नेपाल र इक्वेटोरियल गिनीबीच दौत्य सम्बन्ध स्थापना भएको जानकारी महासचिव एण्टोनियो गुटरेसलाई दिइएको संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस