माटोको ढिस्कोले पुरिएर एक मजदूरको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

माटोको ढिस्कोले पुरिएर एक मजदूरको मृत्यु


१८ बैशाख २०७६, बुधबार


गलेश्वर । आज मे १ अर्थात् अन्तर्राष्ट्रिय मजदूर दिवस । देशैभरी मजदूरीहरूले आफ्नो हक र अधिकारका लागि र्‍यालीसहित विभिन्न कार्यक्रम गरिरहँदा म्याग्दीमा भने सडक निर्माणको काम गरिरहेका एक मजदूरको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया मधुवन नगरपालिका–२ ठाकुरद्वारका ३५ वर्षीया कालुराम थारु रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ । बेनी–दरवाङ सडकखण्डअन्तर्गत चुत्रेनीमा सडक विस्तारको काम गरिरहेको अवस्थामा सडक माथिबाट ढुङ्गासहित माटोको ढिस्को खसेर पुरिँदा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय बेनी म्याग्दीबाट गएको प्रहरीको टोली र स्थानीयवासीले स्काभेटरको प्रयोग गरी माटो पन्छाएर थारुको शवलाई बाहिर निकालेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस