२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

श्रमिक अर्थतन्त्रको मेरुदण्ड हो : मन्त्री घिमिरे

अ+ अ-

विराटनगर । श्रम, सीप र पसिना बगाउने श्रमिकका लागि सरकारले गम्भीर भएर मनन गर्नुपर्ने श्रमिक नेताहरुले माग गरेका छन् ।

श्रमिकले पाउने न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षामा राज्यले विशेष ध्यान दिनुपर्ने भन्दै अर्थतन्त्र चलायमान राख्न ठूलो मद्दत गर्ने श्रमिकका उपचारका लागि श्रमिक अस्पताल बन्नुपर्ने उनीहरुको माग रहेको छ ।

‘सबै श्रमिक र रोजगारदातालाई आह्वान, सामाजिक सुरक्षामा सूचीकरण हामो अभियान’ प्रमुख नाराकासाथ १३० औँ अन्तराष्ट्रिय मे दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) र अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ) द्वारा आज यहाँ आयोजित समारोहमा वक्ताले सो धारणा राखेका हुन् ।

कार्यक्रममा प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेका श्रमिकको हकहित र अधिकारलाई सरकारले सुदृढ गर्दै लैजाने बताए ।

उनले तीन तहको निर्वाचनपछि बनेका तीन तहका सरकारले श्रमिक ऐन पालना गर्ने र यसबाट मजदूर लाभान्वित हुने भन्दै श्रमिकले कति पनि द्विविधा नराख्न आग्रह गरे ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले न्यूनतम ज्याला पाउन नसक्ने मजदूरको पारिवारिक अवस्थालाई ध्यानमा राखेर पनि सरकारले श्रमिक ऐनलाई कार्यान्वयन गराउनतर्फ केन्द्रित रहनुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाल ट्रेड युनियन महासंघका महासचिव जगत चौधरी, अखिल नेपाल ट्रेड युनियन महासंघका महासचिव जगत सिङ्खडा, उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे, मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा, महासंघ मोरङका अध्यक्ष टीका प्रसाईं र सचिव निलम ढुङ्गेलले मजदूरका समस्या समाधान भएमा देशले काँचुली फेर्ने विचार व्यक्त गरेका थिए ।रासस