समान्यज्ञान वस्तुगत प्रश्नोत्तर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

समान्यज्ञान वस्तुगत प्रश्नोत्तर


१८ बैशाख २०७६, बुधबार


१. ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं’ नारासहित प्रदेश ५ सरकारले मनाउने घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ कहिलेदेखि सुरु गरिने भएको छ ?
– वि.स. २७६ जेठ ४

२. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष क्रिकेटको उपाधि कसले जित्यो ?
–एपीएफ (उपविजेता : नेपाल पुलिस क्लब)

३. नेपाल सरकारद्वारा वैदेशिक राजगारसम्बन्धी गुनासो सुनुवाइका लागि ‘कल सेन्टर’ कहिलेदेखि सञ्चालनमा ल्याइएको हो ?
–वि.स. २०७५ चैत्र १८

४. विश्व खुसी सूचकाङ्क २०१९ अनुसार नेपाल कुन स्थानमा रहेको छ ?
– १०० औं

५. बैङ्क अफ द इयर २०१८ बाट सम्मानित नेपालको बाणिज्य बैङ्क कुन् हो ?
– नेपाल इन्भेस्टमेन्ट बैङ्क

६. भन्सार विभागले वैदेशिक व्यापारमा निकासी पैठारी सङ्केत नम्बर (एक्जिम कोड) अनिवार्य गर्ने व्यवस्था कहिलेदेखि सुरु गरेको हो ?
– वि.स. २०७४ साउन १

७. प्रिज्मको प्रयोग गरी सूर्यको प्रकाशबाट विभिन्न सात रङका किरणहरु छुट्याउने प्रक्रियालाई के भनिन्छ ?
– प्रकाश विच्छेदन

८. औंसीदेखि पूर्णिमासम्मको समयावधिलाई के भनिन्छ ?
– शुक्ल पक्ष

९. नेपालमा सर्वप्रथम जनगणना लिने संस्था कुन हो ?
– सेन्सस गोश्वारा

१०. अन्तरिक्षमा पुग्ने पहिलो व्यक्ति को हुन् ?
– युरी गागरिन (रुस), सन् १९६१

११. एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?
– सन् १९६१ मे २८

१२. न्युक्लियर्स सप्लायर्स ग्रुप(एनएसजी)को कहिले भएको हो ?
– सन् १९७४ मे

१३. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताबाट अलग हुने घोषणा कहिले गर्नुभएको थियो ?
– सन् २०१७ जुन १

१४. पाश्चात्य राजनीतिका कौटिल्य भनी कसलाई चिनिन्छ ?
– मेकियावेली

१५. नेपालको इतिहासमा कुन घटनालाई ‘वस्नेत पर्व’ भनिन्छ ?
– भण्डारखाल पर्व

१६. नेपालमा चिनियाँ नागरिकलाई फ्रि भिसा’ दिने निर्णय कहिले गरियो ?
– वि.स. २०७२ पुष १० गते

१७. सिरियाली सरकार र विद्रोहीबीच युद्धविराम सम्झौता कहिले भएको हो ?
–सन् २०१७ जुलाइ ९

१८. नेपालमा हात्तिपोलो प्रतियोगिता कहिलेदेखि सुरु भएको हो ?
– सन् १९८२

१९. नेपालमा कृषक परिचयपत्र वितरण गर्ने कार्या कुन जिल्लाबाट गरिएको हो ?
– बाग्लुङ

२०. काठमाडौंको चोभारमा निर्माण गर्न थालिएको सुख्खा बन्दरगाह र अन्तर्राष्ट्रिय प्रदर्शनी स्थलमा कुन अन्तर्राष्ट्रिय संस्थाले सहयोग गर्ने भएको छ ?
– विश्व बैङ्क

२१. विष्णुका १० अवतार के–के हुन् ?
– मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, राम, कृष्ण, बुद्ध, र कल्की

२२. टाइटानिक नामक सकुद्री जहाज कहिले दुर्घटनाग्रस्त भएको थियो ?
– सन् १९१२ अप्रिल १४

२३. नेपाल सरकारले इन्डोनेसियामा अवैतानिक महावाणिज्य दूतावासको स्थापना कहिले गरेको हो ?
– सन् २०१७ सेप्टेम्बर १३

२४. नेपालको इतिहास लेखनका प्रारम्भिक दिनहरुमा कलम चलाउने सिल्भा लेभी कुन देशका नागरिक हुन् ?
– फ्रान्स

२५. राणकालीन सरकारद्वारा जनतालाई दिइने सूचनालाई के भनिन्थ्यो ?
– इस्तिहार

२६. गोरखापत्रको प्रकाशन कहिलेदेखि सुरु भएको हो ?
– वि.स. १९५८ वैशाख २४

२७. राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस कहिले मनाइने गरिन्छ ?
–मे २

२८. मन्त्रिपरिषदको २०७४ वैशाख २१ गतेको निर्णय अनुसार काठमाडौं–तराई द्रुतमार्ग निर्माणको जिम्म कसलाई दिइने भएको छ ?
– नेपाली सेना

Tags :
प्रतिक्रिया दिनुहोस