पाल्पामा जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पाल्पामा जन्ती सवार जीप दुर्घटना, ५ जनाको मृत्यु


१६ बैशाख २०७६, सोमबार


काठमाडौं । पाल्पाको निस्धी गाउँपालिका–७ मा जन्ती सवारी जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

भेलपानीबाट हुवासतर्फ जाँदै गरेको लु १ ज १९४१ जीप सोमबार अपरान्ह साढे ५ बजे अनियन्त्रित भइ सडकबाट करिब ३ सय मिटर तल खसेको हो ।

घटनामा परेका एक जना भने सकशुल रहेको पाल्पाका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले बताए ।

मृतकको सनाखत भइसकेको छैन । उद्दार र थप अनुसन्धानको भइरहेको पोखरेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस