तौलिहवा । कपिलवस्तुको वाणगङ्गा नगरपालिका–८ बालापुरमा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार स्थानीय २१ वर्षीया सुनिता थारुको हत्या भएको हो ।
घर नजिकैको बाणगङ्गा खोला किनारमा हत्या गरी फालिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न रहेको आरोपमा मृतक सुनिताका श्रीमान २१ वर्षीय सुरेश थारुसहित तीन जना पक्राउ परेका छन् ।
पक्राउ परेका तीनै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।