२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ग्रामीण भेगमा पाठेघर समस्या

अ+ अ-

जुम्ला । पातारासी गाउँपालिका– ५ की ८५ वर्षीया लाउरी बुढाले बुधबारदेखि सञ्चालन भएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा आफ्नो स्वास्थ्य परीक्षण गरे ।

उनको स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो । उनले भने, “सधैँ गनाउने सेतोपानी झर्ने, ढाड दुख्नेजस्ता लक्षण देखिएकाले स्वास्थ्य परीक्षण गर्दा पाठेघरमा समस्या देखियो ।” त्यस्तै अर्का स्थानीय ६५ वर्षीया काली बुढाको पनि स्वास्थ्य परीक्षणमा पाठेघरकै समस्या देखियो ।

गाउँपालिकाका स्वास्थ्य उपसंयोजक रतन बुढ्थापाका अनुसार निःशुल्क उपचारसहितको स्वास्थ्य परीक्षणमा यहाँका अधिकांश महिलाको पाठेघरमा समस्या देखिएको छ । उनले भने, “महिलाको पाठेघरमा समस्या देखिनुको प्रमुख कारण भनेको कलिलै उमेरमा विवाह गर्नु, प्रजनन अङ्ग परिपक्व नहुँदै बच्चा जन्माउनु, बढी बोझिला काम गर्ने र पोषणयुक्त खानाको आभाव नै हो ।”

उनका अनुसार यहाँको घरदैलोमै निःशुल्क स्वास्थ्य परीक्षण गरी महिलाका पाठेघरमा देखिएका समस्याका विषयमा औषधि उपचारदेखि जटिल समस्या देखिएका महिलालाई सुविधा सम्पन्न अस्पतालमा पठाउने व्यवस्था गरिएको छ ।

बाल विवाहविरुद्ध घरदैलो अभियान

पातारासी गाउँपालिकाले बाल विवाहविरुद्ध घरदैलो अभियान सञ्चालन गर्ने अध्यक्ष लक्षिमन बोहोराले बताए । उनका अनुसार जुम्ला जिल्लामा पातारासी गाउँपालिका बाल विवाह गर्नेमा पहिलो नम्बरमा पर्दछ । यसबाट बालबालिकाको पठनपाठनदेखि स्वास्थ्यमा समस्या पर्ने भएकाले पनि बाल विवाहविरुद्ध अभियान सञ्चालन गर्नुपर्ने अवस्था आएको उनको भनाइ छ । “बाल विवाह गर्ने र प्रजनन अङ्ग परिपक्व नभएरै बच्चा जन्माउनाले महिलाको पाठेघरमा बढी समस्या देखिने गरेको छ”, उनले भने, “स्वास्थ्य शिविरमा स्वास्थ्य परीक्षण गर्ने अधिकांश महिलाका पाठेघरमा समस्या देखिएको छ । बाल विवाहले अर्को समस्या पनि देखिएको छ ।” उमेर नपुगेरै बालविवाह गर्ने र पछि सम्बन्धविच्छेद पनि हुने गरेको उनको भनाइ छ ।

घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा

जुम्ला सदरमुकाम खलङ्गादेखि पूर्वी भेगमा पर्ने गाउँपालिकाले घरदैलोमै विशेषज्ञसहितकोे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका चिकित्सक बुनेशकुमार बादलसहितको दर्जन स्वास्थ्यकर्मीको टोली र औषधि घरदैलोमै पु¥याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत सेवा दिइएको हो । गाउँपालिकाद्वारा आयोजना गरिएको निःशुल्क स्वास्थ्य शिविरमा आँखा, कान, दाँत, हाडजोर्नी, छाला र स्त्री रोगसम्बन्धी जाँच गरिएको छ । शिविरको पहिलो दिनमै ५०० को स्वास्थ्य परीक्षण गरिएको छ ।

गाउँमै विशेषज्ञसहितको स्वास्थ्य सेवा पाएपछि स्थानीय खुशी भएको गाउँपालिका–४ डोलकाटीका लक्ष्मण बुढाले बताए । उनले भने, “स्वास्थ्य संस्थामा औषधि अभाव र विशेषज्ञ चिकित्सकको सेवा नदेखेका स्थानीयले सहजै स्वास्थ्य सेवा पाएपछि हामी अत्यन्त खुशी छौँ ।”

पटकपटक गाउँपालिका बाहिर वा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाबाट विशेषज्ञ चिकित्सक ल्याएर निःशुल्क स्वास्थ्य शिविरमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने गाउँपालिकाको योजना रहेको अध्यक्ष बोहोराले बताए।

प्रतिक्रिया दिनुहोस