घुस लिएको आरोपमा दुई कर्मचारी पक्राउ « प्रशासन

घुस लिएको आरोपमा दुई कर्मचारी पक्राउ


प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार १९:०२

फिक्कल । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय इटहरीको टोलीले इलामबाट आज दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका नायब सुब्बा विनोद विसी र युवा स्वरोजगार कार्यक्रमका भानुभक्त आचार्यलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । एक व्यक्तिको राहदानीको प्रतिलिपी निकाल्ने क्रममा रु ६ हजार घुस मागेपछि उनीहरुलाई घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

दुवै जनालाई पक्राउ गरी थप अनुसन्धानका लागि इटहरी लगेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस