नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्तमा टेकेर एकता टुंगिन्छ : अध्यक्ष दाहाल « प्रशासन
Logo २६ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्तमा टेकेर एकता टुंगिन्छ : अध्यक्ष दाहाल


प्रशासन संवाददाता

८ बैशाख २०७६, आइतबार


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेकपा एकताका बाँकी काम अन्तिम निष्कर्षमा पुग्न लागेको बताएका छन् । । नेकपाको ७० औं स्थापना दिवसका अवसरमा प्रदेश नं ३ सङ्गठन कमिटीद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने,’आज साँझ बस्ने पार्टी सचिवालय बैठकले पार्टी एकताका बाँकी सबै काम टुङ्ग्याउने छ । नेताको अनुहार हेरेर होइन, निश्चित, सिद्धान्त र विधि बनाएर एकताको बाँकी काम सम्पन्न हुन्छ ।’

पार्टी एकता र सरकारका कामका बारेमा आन्तरिक छलफल जारी रहेको बताउँदै उनले स्थापनादेखि हालसम्मको अवधिमा नेकपाले राजनीतिक परिवर्तन र जनपक्षीय कामको अग्रणी नेतृत्व निर्वाह गरेको बताए ।

सो अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनमा अथक योगदान दिएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा सुनमाया थापा मगर, रणबहादुर थापा मगर (धादिङ) खम्बासिंह कुँवर, ज्ञानु थापा (चितवन), बालकुमारी थापा, गोविन्दबहादुर श्रेष्ठ(मकवानपुर), गोविन्दनाथ उप्रेती, तुलसीमाया कतिला (काभ्रेपलाञ्चोक), तेजकुमारी घिमिरे, रत्नमान तुलाधर (ललितपुर), विष्णुलाल जोशी, सुशीला कार्की (भक्तपुर), बेनीबहादुर थापा, नानीमाया नकर्मी (काठमाडौँ), फत्तप्रसाद मैनाली, टीकादेवी पुडासैनी (नुवाकोट), तुलसादेवी घिमिरे, पेमा दोर्जे तामाङ (रसुवा) हुनुुहुन्छ ।

यसैगरी सीतादेवी दाहाल, कृष्णहरि अधिकारी (सिन्धुली), चन्द्रमाया सुनुवार र चतुरमान सुनुवार (रामेछाप), जयराम पराजुली (सिन्धुपाल्चोक), विष्णुलाल जोशी (भक्तपुर) र मनमाया खड्का (दोलखा) हुनुहुन्छ ।

सो अवसरमा सम्मानित व्यक्तित्वद्वय बालकुमारी थापा र गोविन्दनाथ उप्रेतीले जनताले नेकपालाई दिएको जनमतको प्रत्युत्तरमा जनपक्षीय काम गरी देखाउन आग्रह गरे ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लागेका कार्यकर्ता, शुभेच्छुक र राष्ट्रिय आवश्यकताका आधारमा दुई कम्युनिष्ट पार्टीको एकता भएको बताउँदै आगामी दिनमा यो एकताको जगलाई बलियो बनाउन आआफ्ना तहबाट सक्रिय बन्नुपर्नेमा जोड दिए । नेकपा प्रदेश नं ३ सङ्गठन कमिटीका अध्यक्ष अष्टलक्ष्मी शाक्यले कसैलाई काखा र कसैलाई पाखा लगाउने प्रवृत्ति अन्त्य हुनुपर्छ भने ।

Tags :
प्रतिक्रिया दिनुहोस