दुर्घटनामा एकको मृत्यु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

दुर्घटनामा एकको मृत्यु


३० चैत्र २०७५, शनिबार


नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको मध्यविन्दु– १० अरुणखोलामा गए राति भएको सवारी दुर्घटनामा परी एकको मृत्यु भएको छ ।

बिग्रिएर सडकमा रोकिराखेको ना६ख १६१८ नंको ट्रकलाई सुनौलीबाट काठमाडौँ हिँडेको ना६ख २४८१ नं बसले ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका तनहुँ सुक्लागण्डकी गापा–२ बस्ने अन्दाजी २२÷२३ वर्षका रामु सुनारको उपचारका क्रममा नयाँ मेडिकल कलेज चितवनमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बसमा सवार १० जना घाइते भएका छन् ।

प्रतिक्रिया दिनुहोस