काठमाडौं । विभिन्न मितिमा जम्मा भएको वचत तथा लगानीकर्ताहरुको ४ अर्ब ९९ करोड १३ लाख ८१ हजार ३ सय ३५ रुपैयाँ बराबरको रकम हिनामिना तथा ठगी गरेको अभियोगमा ओरियन्टल को(अपरेटिभका अध्यक्ष काठमाडौं महानगरपालिका-१० वस्ने ४४ वर्षीय सुधिर वस्नेतलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
बस्नेत लगायतले ओरियन्टल को-अपरेटिभ, भेगास अपार्टमेन्ट र कोहिनुर हिल हाउजिङ्ग लगायतका सहकारीमा विभिन्न मितिमा जम्मा भएको वचत तथा लगानीकर्ताहरुको उक्त रकम हिनामिना तथा ठगी गरेको प्राप्त किटानि प्रतिवेदनको आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं बानेश्वर भिमसेनगोलाबाट बस्नेतलाई फेला पारी पक्राउ गरेको हो ।
पक्राउ बस्नेतलाई सहकारी ऐन २०७४ को दफा १२२ को कसुरमा सहकारी ठगी तथा संगठीत अपराधमा थप अनुसन्धान कार्य भइरहेको सो परिसरले जनाएको छ ।







