२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समायोजन चित्त नबुझेका कर्मचारीको सङ्ख्या बढ्दो, यस्ता छन् गुनासा

अ+ अ-

काठमाडौँ । समायोजनका सन्दर्भमा चित्त नबुझेको विषयमा गुनासो दर्ता गराउने कर्मचारीको सङ्ख्या बढ्दै गएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो व्यवस्थापन समितिमा आफ्नो गुनासोसहितको निवेदन दर्ता गराउने आज अन्तिम दिन निवेदन दर्ता गराउन तछाड मछाड देखिएको छ ।

आज बुधवार १२ बजेसम्म ९ हजार दुई सय ८० जनाको निवेदन दर्ता भएको छ भने मन्त्रालयको ढोकासम्मै सयौँको सङ्ख्यामा कर्मचारीहरू लाइनमा छन् । जसमा स्वाथ्य सेवाका २७ हजार बढी कर्मचारीमध्ये मङ्गलवार बेलुकी मात्रै करिब एक हजार पाँच सय जति कर्मचारीको समायोजन सूची सार्वजनिक गरेको छ । सबैभन्दा धेरै समस्या देखिएको स्वास्थ्य क्षेत्रका कर्मचारीमा गुनासो अझ बढ्न सक्ने आकलन गरिएको छ ।

पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मबाट गुनासो टिपाउन सिंहदरबार पुगेका कर्मचारीका आ-आफ्नै गुनासाहरू रहेका छन् ।

यातायात व्यवस्था कार्यालय दाङबाट टिमसहित नै गुनासो टिपाउन आएका टाइपिष्ट नायव सुब्बा(टानासु) कृष्ण कँडेल फाजिलमा पारिनुका कारणबारे जान्न काठमाडौँ आएका छन् ।

एउटै सेवा समूहका नायव सुब्बाहरूको समायोजन भई सक्दा पनि टाईपिष्ट भएकै कारण आफूहरूलाई विभेद गरी फाजिलमा पारेको उनको गुनासो छ ।

‘मापदण्ड पुगेका साथीहरूको अधिकृत छैटौँमा समायोजन भएको छ र नपुगेका साथीहरूको पाँचौँमै छन्’ कँडेलले भने ‘हामी टाईपिष्ट भएकै नाताले हाम्रो समायोजन नै भएको छैन, हामी फाजिलमा परेका छौँ ।’

‘फाजिलमा पारिनुपर्ने कारण के हो ? गुनासो बोकेर मन्त्रालयमा आएका छौँ’ कँडेलले भने ।

सम्बन्धित व्यक्तिलाई भेट्न नसकेकै कारण आफ्नो जायज गुनासोसमेत सुनाउन नपाएको बताउँदै उनले भने ‘औपचारिक रूपमा हामीले गुनासोको रूपमा त निवेदन त दियौँ तर मौखिक रूपमा उच्च ओहोदाका सरहरूलाई अहिलेसम्म भेट्न पाएका छैनौँ ।’

योग्यता पुगेकालाई अधिकृत स्तर छैटौँ दिनुपर्नेमा त्यसबाटसमेत टानासुलाई वञ्चित गरिएको सरिता भण्डारी पौडेलको भनाई छ ।

नेपालमा टाइप नै विस्थापित भएको र देशभरि टाइप मेसिन नै नभएको अवस्थामा कसैले कार्य सम्पादन गर्न सक्दैन भन्ने जान्दाजान्दै पनि टाइपको दरबन्दी राखेर यो अवस्था सिर्जना गरेको बताउँदै भण्डारीले भनिन् –‘ज्येष्ठता विवरण निकाल्दा सँगै निकालियो अहिले पछि विभेद गरेर छुट्टै लिस्ट निकालियो ।’

सुरुवाती चरणमा मेरिट लिष्ट र सूची नासुसँगै प्रकाशन गरिएको भए पनि पछि अलग पारेदेखि नै अन्याय पारियो भन्ने आफ्नो बुझाई रहेको उनले बताइन् ।

आफू सब इन्जिनियर भए पनि खापासटे भनेर पठाएपछि गुनासो गर्न दर्ता गर्न झापाबाट आएका सन्दीप उदास भन्छन् ‘हामी इन्जिनियर पढेर आएका हौँ, तर एउटै डालोमा हालेर पठाएपछि अन्याय भयो ।’

सुनुवाइका लागि आइतबारदेखि सिंहदरवारमा भौतारिरहेका उनीहरू आश्वासनबाट आजित देखिन्थे । ‘उहाँहरूले हुन्छ हुन्छ हामी गरिदिन्छौँ भन्नुहुन्छ तर मुखको बोली बोल्नुहुन्छ’ उदास भन्छन् ‘पत्र दिनुहोस् भन्दा तपाईँको काम हुन्छ मात्रै भन्नुहुन्छ ।’

सिनियर हुँदाहुँदै आफूभन्दा कनिष्ठलाई पठाएर आफूलाई अन्तै पठाएपछि अन्याय भएको भन्दै मन्थलीबाट गुनासो टिपाउन आएका गोविन्द कट्टेलको असन्तुष्टि पनि कम छैन । साबिक जिल्ला विकास समितिका कर्मचारी कट्टेल भन्छन् ‘छैटौँ तहका दुईवटा दरबन्दी छन्, आठ वर्ष पुगेको सिनियर मलाई अन्तै पठाएर भर्खरै नासुबाट बढुवा भएर आएको कर्मचारीलाई पदस्थापन गरियो ।’

हाल उनको ठाउँमा पठाइएका कर्मचारी समायोजनका क्रममा छैटौँमा बढुवा भएर गएका हुन् । ‘आफू छैटौँमै कार्यरत रहेको र आठ वर्ष भएकोले बढुवा हुनुपर्ने’मा छैटौँमै पनि रोजेको ठाउँमा पाइन भन्ने उनको गुनासो छ ।

माथिल्लो तहमा बढुवासहित यही समायोजन गरियोस् भन्ने कार्यपालिको निर्णयसहित गुनासो दर्ता गराएको उनले बताए ।

त्यसै गरी सङ्घको दरबन्दीमा समायोजन भई बाहिर जिल्ला जानु परेपछि स्थानीय तह जान पाउँ भनी निवेदन दिन आएका छन् सह लेखापाल वीरेन्द्र ऐर। पारिवारिक कारणले सङ्घबाट स्थानीय जान खोजेको उनको भनाई थियो ।

समायोजन प्रक्रियामा प्राथमिकता अनुसार रोजेका सबै ठाउँहरू खालि राखी रोज्दै नरोजेको ठाउँमा पठाएपछि सिंहदरवार दौडिँदै आई पुगेका छन् सब इन्जिनियर पासाङ जिरेल । ‘एक नम्बरमा बेसी सहर, दुई नम्बरमा मस्र्याङदी गाउँ पालिका र तीन नम्बरमा आफ्नो गृह जिल्ला दोलखाको जिरी नगरपालिकामा रोजेको थिएँ’ जिरेल भन्छन् ‘ती तिनै ठाउँमा नपारीकन अर्को नै ठाउँमा पारिएकोले गुनासो दर्ता गराउन आएको हुँ’

‘तिनै ठाउँमा खालि छ’ जिरेल भन्छन् ‘मस्र्याङ्दीमा एउटा सिट खाली छ, बेसी सहरमा छ जनाको दरबन्दी खाली छ ।’

चिनजानको कोही नभएपनि सुनुवाइ होला नै भन्ने आशामा निवेदन दर्ता गराएको उनको भनाई छ ।

त्यस्तै एक तह वृद्धिसहित कार्यरत ठाउँमा नै समायोजन हुन पाउनुपर्ने माग छ रामेछाप, कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक रिसिराज सुवेदीको पनि । जागिर खाएका ११ वर्ष हुँदा पनि बढुवा नभएको र आफूभन्दा जुनियरले बढुवा लिइसकेकोले बढुवासहित रिक्त ठाउँमा समायोजन हुन पाउनु पर्ने उनको जिकिर छ ।

‘प्रास हुँ, ११ वर्ष भयो । म भन्दा जुनियर साथीहरूको बढुवा भई सक्यो, तर मेरो भएको छैन’  उनले भने ।

घरायसी समस्याका कारण घर पायक मिलाउन पाउँ भन्दै निवेदन दिएकी छिन् रत्न नगर नगरपालिका चितवन, सहायक महिला विकास निरीक्षक राधा पौडेल लम्सालले ।

रोज्न गल्ती गरेका कारण नरोजेको ठाउँमा समायोजन भएकी लम्साल भन्छिन् ‘मैले थोरै ठाउँ मात्रै रोजेका कारण म भन्दा जुनियर साथीहरू देवघाट, कावा सोती परे । अनि मैले रोज्दै नरोजेको ठाउँमा घर पायक पनि नमिल्ने ठाउँमा बागलुङ गल कोट पठायो । र, अहिले दोलखामा ।’

एउटा चार वर्ष र अर्को १५ महिनाको दुई जना बच्चासहित जागिर खाने अवस्था नभएकोले जागिर छोड्ने या घरबाट अप डाउन गर्ने स्थानसम्म हुनुपर्ने अवस्था रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस