२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीप र ज्ञान सिक्ने थलो बन्दै कारागार

अ+ अ-

जाजरकोट । कारागारमा जेल जीवन बिताइरहेका दर्जनौँ कैदीबन्दी किताब पढ्दै र उद्यम गरी राम्रो कमाइ गर्न थालेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताउँदै आएका कैदीबन्दी अहिले कारागारभित्र सीप सिकेर आर्यआर्जनमा व्यस्त रहेका छन् । उनीहरु साथीसँग रमाइरमाई विभिन्न घरेलु वस्तु निर्माण गर्नुका साथै बजारीकरणका लागि चिन्तित हुने गरेका छन् ।

क्षमताअनुसारको सीप सिकेर अहिले कारागारभित्र कमाई गरिरहेको कैदीबन्दी दीर्घबहादुर नेपालीले बताए । उनले भने, “हामी तीन दर्जन साथी, एकापसमा मिलेर घरेलु वस्तुहरु उत्पादन गरिरहेका छौँ, कैद भुक्तानीभन्दा पनि कारखानामा काम गर्न आएजस्तो भएको छ ।” दीर्घजस्तै कारागारमै दलबहादुर लुहार दराजको डिजाइन गराउँदै अन्य साथीलाई काममा लगाउँछन् । दीर्घ भन्छन्, “दराज र टेवुल बनाउने काममा व्यस्त मात्र होइन नयाँ, नयाँ डिजाइन दिएर बजारमा हामीले उत्पादन गरेका वस्तुको माग बढाउने कुरा सोच्ने गरेका छौँ ।” दैनिक कारागारमा इच्छाअनुसारका पटुका, पछ्यौरा, झोला, टोपीहरु उत्पादन हुने गरेका छन् ।

कारगारका कैदीबन्दीले मुढा, फेरे, मफलर, स्वीटर, झोला, डाइनिङ टेबुल, दराज, सल, टोपी, लिउ, लेस र डालीलगायत दर्जन बढी घरेलु सामग्रीको उत्पादन तथा बिक्री वितरण गर्दै आएका छन् ।

धागो, उन, बाँस, चोयो, काठ, प्लाइउड, प्लास्टिक डोरी, भेडाबाख्राको ऊनलगायत कच्चा पदार्थको प्रयोगबाट विभिन्न घरेलु सामग्री निर्माण हुने गरेको कैदीबन्दी बताउँछन् । कारागारमा कैदीबन्दीले निर्माण गरेका सामग्रीमध्ये मुढा ३०० देखि एक हजार ३००, डाइनिङ टेबुल १५ हजार, टोपी, डाली ५०० देखि ९०० मा बिक्री हुने गरेको छ ।

त्यस्तै सल रु एक हजारदेखि एक हजार ५००, लिउ पाँच हजारदेखि १० हजार र झोला ५०० देखि एक हजारसम्ममा बिक्री हुने गरेको जेलर तेजविक्रम शाहले बताए । कारागारमा उत्पादन हुन थालेपछि खलङ्गा बजारका स्थानीयवासीले नेपालगञ्ज, सुर्खेतलगायत बजारबाट आपूर्ति हुने मुढा किन्न छाडेको जेलर शाहको भनाइ छ ।

जेल जीवन भन्ने बित्तिकै दिक्कलाग्दो होला भनेर सोच्ने कुनै समय थियो होला, अहिले सीप सिकेर उद्यमी बन्ने र जीवन निर्वाह गर्ने आधार तय गर्ने स्थान भएको बन्दी पौरख मल्लले बताए । “कारागारमा विभिन्न थरिका किताब राखिएको छ, पढ्न, लेख्न जान्ने साथी पढ्दै ज्ञान आर्जनसमेत गरिरहेका छन्”, मल्लले थपे, “अहिले नयाँ–नयाँ किताब बजारमा आउने बित्तिकै कारागारमा पुग्ने र बाहिरबाट साथीसँग भएका किताब मागेरसमेत पढ्ने गरिएको छ ।”

अर्का कैदी नीमबहादुर सिंहले भने, “जेलभित्र उत्पादन गरेका वस्तु बिक्रीबाट मासिक रूपमा रु सात हजारभन्दा बढी कमाइ हुने गरेको छ, घरमा हुँदा नसिकेका सीप कारागार आएपछि सिकेको छु ।” बजारमा आफूले उत्पादन गरेका वस्तुले उचित स्थान नपाएको कैदीबन्दीको गुनासो छ । जेलभित्र तालीमको व्यवस्थासँगै उत्पादन गरिएको वस्तुको बजारीकरणमा सहयोग भएमा अझै राम्रो गर्न सकिने कैदीबन्दी बताउँछन् ।

“स्रोतसाधनको अभावका कारण कैदीबन्दीले सोचेजस्तो सामग्री उत्पादन गर्न समस्या परेको बताएका छन् । २० जनाको क्षमता भएको कारागारमा अहिले ५७ कैदीबन्दी छन्  । नयाँ भवन निर्माण भइरहेकोले छिट्टै त्यहाँ सारेर आर्यआर्जनका कामलाई व्यवस्थित गरिने कारागार प्रशासनले जानकारी दिएको छ । कारागारका कैदीबन्दीलाई नयाँ सीप सिक्नका लागि व्यवस्थापन गरिनुपर्ने मागसमेत उठेको छ ।