पर्वतको सदरमुकाम कुश्माबजार नजिकै बडागाउँमा सडेको अवस्थामा बेवारिसे शव फेला परेको छ ।
बडागाउँस्थित कारागारभन्दा तलपट्टिको भीरमा शनिबार दिउँसो उक्त शव फेला परेको हो । शव पूर्णरूपमा सडेगलेको अवस्थामा रहेका कारण महिला वा पुरुष के हो ? त्यो शव कसको भन्ने बारेमा केही पनि खुल्न सकेको छैन ।
शवलाई परीक्षणकाका लागि जिल्ला अस्पताल पर्वतमा राखिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । रासस







