पाल्पामा पत्रकारमाथि कुटपिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाल्पामा पत्रकारमाथि कुटपिट


१६ चैत्र २०७५, शनिबार


पाल्पा । तानसेन नगरपालिकामा पत्रकारमाथि कुटपिट गरिएको छ । समाचार संकलनका क्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्षसहितको पत्रकारको टोलीमाथि कुटपिट गरिएको हो ।

पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्यालसहित पत्रकारहरु समाचार संकलनका लागि शुक्रबार पाल्पाको तानसेन नगरपालिका पुग्दा आन्दोलनकारीहरुले आकर्मण गरेका थिए ।

सामुदायिक रेडियो मदनपोखरामा कार्यरत पत्रकार विजय बौडेलमाथि शुक्रबार हातपात भएको खबर पाएपछि महासंघ पाल्पा शाखाका पत्रकार तानसेन पुगेका थिए । तानसेनमा सडकको विषयलाई लिएर आन्दोलन भइरहेको थियो । सोही विषको सामाचार संकलन गर्न जाँदा आन्दोलनकारीहरुले आक्रोशमा आइ पत्रकारहरुमाथि हातपात गरेको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पत्रकारमाथि हातपात भएको भन्ने सूचनाका आधारमा घटनास्थलमा पुगेका बेला आन्दोलनकर्मीहरुले आफूहरुमाथि हातपात गरेको माहासंघ अध्यक्ष अर्यालले बताए ।

महासंघ पाल्पा शाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘पत्रकारलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रत नेपाल पत्रकार महासंघ पाल्पालगायत पाल्पाका सम्पूा सञ्चारकर्मीहरु घोर भ्रत्सना गर्दछौं ।’’

पत्रकारमाथि हातपात हुनु राम्रो नभएको तानसेन नगरपालिकाका मेयर अशोककुमार शाहीले बताए । यस्तै प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले पत्रकारमाथि भएको हातपातको घटनाका दोषीमाथि कारबाही हुने बताए ।

प्रतिक्रिया दिनुहोस