कमरेडहरू घोषणा गर्दछन् « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कमरेडहरू घोषणा गर्दछन्


१६ चैत्र २०७५, शनिबार


मेरो देश कमरेडहरू घोषणा गर्दछन् बन्द भनेर
बदलामा सरकार घोषणा गर्दछ प्रतिबन्ध भनेर

बिचरा हामी नेपाली त्रासमा बाची रहेका छौ
फेरी नेपालमा चर्कन्छ की दन्द भनेर

अब त विकास होला भन्ने आशनी मरिसक्यो।
कहिले होला फड्को मार्ने देश चलेको छ मन्द भनेर

राम्रो समाचार नी सुनिदैनन आजकाल गाउँमा
खाली मानसपटलमा प्रेमिका गर्दछ युद्ध गन्ध बनेर

सबै कुरा छलफल बाटै निष्कर्ष निकाल्दा रामा्रे
विडम्बना बम विस्फोट भइराछ स्वच्छन्द भनेर

मेरो देश कमरेडहरू घोषणा गर्दछन् बन्द भनेर
बदलामा सरकार घोषणा गर्दछ प्रतिबन्ध भनेर

Tags :
प्रतिक्रिया दिनुहोस