काठमाडौं । तत्कालिन सांसद एवंम् पूर्वराज्यमन्त्री सञ्जय कुमार शाह टकलालाई जन्मकैद फैसला सुनाइएको छ । टकलासहित ७ जनालाई जिल्ला अदालत धनसषाले जन्मकैदको फैसला सुनाएको हो ।
अदालतका न्याययधीश जयशकुमार कटुवालको एकल इजलासले ७ जनालाई जन्मकैदको फैसला सुनाएको श्रेष्तेदार राधाकान्त चौधरीले जानकारी दिए ।
टकलासहित अर्जुन सिंह भनिने मुकेश चोधरी, राजु मुक्ति भनिने रञ्जित झा, जयप्रकाश चौधरी, मुकेश कुमार कर्ण, सुरेन्द्र कर्ण र दिपेन्द्र झालाई जन्मकैदको फैसला सुनाइएको हो ।
२०६९ साल वैशाख १८ गते जनकपुरको रामाचन्द चोकमा मिथिला आन्दोलनको क्रममा बम विष्फोट हुँदा ५ जनाको ज्यान गएको थियो । सो घटनामा टकला संलग्न रहेको आरोप लागेको थियो ।
उनी २०६४ सालको चुनावमा राजेन्द्र महतो नेतृत्वको तत्कालिन संघीय समाजवादी फोरमबाट निर्वाचित भएका थिए । यसैगरी २०७० को चुनावमा पनि उनी निर्वाचित भएका थिए ।







