२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रत्येक गाउँलाई आर्थिक केन्द्र बनाउनुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पौरखी हातलाई गण्डकी प्रदेश सरकारले सधैँ सहयोग गर्ने बताएका छन् ।

गण्डकी प्रदेश सरकारद्वारा स्याङ्जाको गल्याङ नगरपालिका–१ स्थित मालुङगामा स्थापना गरिएको गण्डकी प्रदेशस्तरीय विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला कार्यालयको आज उद्घाटन गर्दै उनले प्रत्येक गाउँलाई आर्थिक केन्द्र नबनाएसम्म समृद्ध नेपालको निमार्ण गर्न नसकिने बताए।

मुख्यमन्त्री गुरुङले पौरख गर्न चाहने किसानका लागि प्रदेश सरकार सबै प्रकारको सहयोग गर्न तयार रहेको उल्लेख गर्दै ५ वर्षभित्र कृषि उत्पादनलाई दोब्बर बनाउने योजनाका साथ प्रदेश सरकारले काम गरिरहेको जानकारी दिए ।

प्रदेश सरकार पहिलो पटक स्थापना भएकाले शून्य अवस्थाबाट काम गर्नु परेकाले सरकारले जग बसालिसकेको र अब जनताले काम देख्ने गरी सरकारले काम गर्ने पनि उनले बताए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कृषि र पर्यटनका माध्यमबाट जनतालाई बढीभन्दा बढी रोजगारी दिने अभियानका साथ अगाडि बढेको धारणा व्यक्त गरे ।

स्याङ्जाको मालुङ्गामा स्थापना गरिएको यो कार्यालयले प्रदेशभित्र भित्रिने अखाद्य वस्तुमा रोक लगाई गुणस्तरीय वस्तु मात्रै भित्रिने भएकाले आम जनताले स्वस्थ्य वस्तुको उपभोग गर्न पाउने बताउँदै उनले राजनीतिक लडाइँ सकिएको र अबको लडाइँ भनेको विकास र समृद्धिको लडाइँ भएको हुँदा यसलाई पूरा गर्नकै लागि जनताले कम्युनिष्ट पार्टीलाई जिताएकाले जसरी पनि विकास गर्नैपर्ने चुनौती थपिएको विचार व्यक्त गरे ।

गण्डकी प्रदेशका भूमि व्यवस्था कृषि एवं सहकारीमन्त्री लेखबहादुर थापाले मन्त्रालयले प्रदेशका जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै प्रदेशको सीमामा कार्यालयको स्थापना गरिएको र अहिले घर भाडामा लिएर कार्यालय सञ्चालन गरिए पनि अर्को वर्षदेखि कार्यालयको भवन निर्माण कार्यको शुरुआत गरिने बताए ।

गल्याङ नगरपालिकाले कार्यालय निर्माणका लागि जग्गा उपलब्ध गराइसकेको पनि जानकारी दिए ।

आजबाट सञ्चालनमा आएको सो कार्यालयमा कृषि र पशु गरी सात जना कर्मचारीको दरबन्दी रहेको मन्त्रालयले जनाएको छ । कार्यालयको स्थापना भएसँगै गण्डकी प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारी लगायतका खाद्य पदार्थ परीक्षण भएर मात्रै भित्रिने भएका छन् ।