चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ घोप्टेभीरबाट गए राति त्रिशूलीमा मिनीबस खस्दा तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ना५ख ३६८२ नंको राति १० बजे मुग्लिनबाट कुरीनटारतर्फ जाँदै गरेको मिनीबस सडकबाट २०० मिटर तल त्रिशूलीमा खसेको हो ।
घाइतेमध्ये गम्भीर रहेका तनहुँको दमौलीका अन्दाजी २५ वर्षीय निशान परियारको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।
उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुईको अवस्था सामान्य रहेको छ । उनीहरुको स्थानीय मेडिकलमा उपचार गराइएको छ । बसमा चालक र सहचालक मात्र रहेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ ।







