२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जोखिममा कर्णाली पुल

अ+ अ-

धम्बोजी । बर्दिया जिल्लाको राजापुर क्षेत्रलाई कैलाली जिल्लासँग जोड्न कर्णाली नदीमा बनेको पुल जोखिममा परेको छ ।

४६ करोड लागतमा कर्णाली नदीमा ५३१ मिटर लामो बन्दै गरेको पुलको पूर्वपट्टिको किनारमा कटान भइरहेको र ७५ मिटर तटीय भागको पिल्लर नभएको र भरपर्दो तटबन्ध नभएका कारण नदीले जुनसकै बेला पानीको धार परिवर्तन गरेर पुल नै धरापमा पर्ने खतरा बढेको प्रदेश सांसद दिपेश थारूले बताए ।

वर्षात्को समयमा पुललाई बाढीले असर पार्नसक्ने देखिन्छ । हुलाकी सडक आयोजनाअन्तर्गत पर्ने कर्णालीको पुल जोगाउन थप अर्को पिल्लर बनाउन आवश्यक बजेट केन्द्रसँग माग गरिए पनि अहिलेसम्म निकासा नभएको आयोजना प्रमुख युवराज पोखरेलले बताए। पुलको पिल्लर नबने पुल नै खस्ने प्राविधिक टोलीको प्रतिवेदनमा उल्लेख छ ।

रकम नपठाइएपछि पिल्लर निर्माणको काम अघि बढ्न सकेको छैन । चार वर्षअघि निमार्ण गरिएको पुलको पूर्वतर्फको किनारा कटान गर्दै लगेपछि पुल जोखिममा परेको उनको भनाइ थियो । आयोजनाका अनुसार पुल जोगााउन आवश्यक पर्ने थप एक पिल्लर बनाउन प्राविधिक टोलीले छ महीनाअघि नै प्रतिवेदन पेश गरेको थियो ।

वि.सं. २०७३ मा आएको बाढीले पुलमा भ्वाङ पारेकामा टालटुल पारिएको छ । हस्तान्तरण नहुँदै पुल जोगाउन बनाएको तटबन्धको दक्षिणपूर्वी भेग कटान गर्दै नदी अन्यत्रबाट बग्न थालेको छ ।