२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विद्यालयलाई कम्प्युटर सहयोग

अ+ अ-

गलकोट । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न जैमिनी नगरपालिका–७ जैदीस्थित शारदा आधारभूत विद्यालयलाई छ थान कम्प्युटर निःशुल्क प्रदान गरिएको छ ।

सदरमुकामस्थित सगरमाथा इङ्कहाउसले पाँच थान तथा जैमिनी नगरपालिका जैदी निवासी विद्यालयका पूर्वविद्यार्थी तीर्थराज वाग्लेले एक थान गरी एक लाख २५ हजार बराबरका कम्प्युटर विद्यालयलाई प्रदान गरिएको हो । उक्त विद्यालयमा अहिलेसम्म एक थान पनि कम्प्युटर नभएकाले यस्तो सहयोग गरिएको सहयोगी दाताले जानकारी दिए ।

‘कम्प्युटर किन्न सक्ने क्षमता थिएन’, विद्यालयका प्रधानाध्यापक अरुण पौडेलले भने, ‘सहयोगी दाताले विद्यालयलाई निःशुल्क कम्प्युटर प्रदान गर्दा विद्यार्थीलाई समान्य कम्प्युटरसम्बन्धी ज्ञान दिन सक्ने भएका छौँ ।’

सगरमाथा इङ्कहाउसलका प्रोपाइटर नैवेद्य सिग्देलले आफूले प्रदान गरेका कम्प्युटरमा कुनै समस्या आए निःशुल्क मर्मतसम्भारसमेत गरिदिने र आगामी दिनमा जिल्लाका अन्य विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न सक्दो सहयोग गर्ने बताए ।

कक्षा ५ सम्म अध्यापन हुने विद्यालयमा हाल ५२ विद्यार्थी छन् । विद्यालयमा तीन मात्र सरकारी दरबन्दीका शिक्षक छन् भने तीन निजी स्रोतबाट सञ्चालित छन् । यस विद्यालयमा शौचालय र कक्षाकोठाको पनि अभाव भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर दर्जीले बताए ।