ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ट्रमा सेन्टरको कार्यकारी निर्देशकमा यादव नियुक्त


६ चैत्र २०७५, बुधबार


काठमाडौं । राष्ट्रिय ट्रमा सेन्टरको कार्यकारी निर्देशक पदमा डा.प्रमोद यादव नियुक्त भएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत सो सेन्टर सञ्चालनमा रहेको छ ।

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले मङ्गलबार मन्त्रिस्तरीय निर्णय गर्दै दशौँ तहका वरिष्ठ जनरल सर्जन चिकित्सक यादवलाई सो पदमा नियुक्ति गरेका उपप्रधानमन्त्री यादवको सचिवालले जनाएको छ । न्याम्सको उपकुलपति पदमा प्रा डा.डिएन साह फागुन ३० गते नियुक्त भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस