२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसदको प्रश्न : हाम्रो मर्यादा क्रम किन तल ?

अ+ अ-

काठमाडौं । हामी जनताबाट निर्वाचित भएका हौँ, तर जिल्लाको कार्यक्रममा जाँदा हाम्रो मर्यादाक्रम पूर्वमन्त्रीभन्दा तल राखियो । यसले हामीलाई असजिलो बनाएको छ । यो समस्याको समाधान गर्ने विषयमा सरकारले केही पहल गरेको छैन ? यो भनाइ हो प्रतिनिधिसभाका सदस्य झपट रावलको ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा सरकारले निर्धारण गरेको मर्यादाक्रमले जननिर्वाचित सांसदलाई अपमान गरेको भन्दै रावलले त्यसलाई सच्याउन गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराए ।

सांसद रावलले भने,’मैलै प्रतिनिधिसभाको निर्वाचनमा एक पूर्वमन्त्रीलाई पराजित गरे, जनताले मलाई जिताए, तर जिल्लाको कार्यक्रममा जाँदा जनताले पराजित गरेका पूर्वमन्त्रीलाई मर्यादामा माथि राखिन्छ यसले राम्रो गरेको छैनजस्तो मलाई लाग्छ, मर्यादाक्रम निर्धारण गर्दा किन यो विषयलाई सम्बोधन गरिएन गृहमन्त्रीज्यू ।’

रावलले प्रतिनिधिसभाको निर्वाचनमा कैलाली क्षेत्र नं २ मा पूर्वमन्त्री मोहनसिंह राठोरलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो । यस्तै बैठकमा सांसदहरुले उपसभामुख तथा अन्य केही विशिष्ट व्यक्तिको मर्यादाक्रम नमिलेको भन्दै गृहमन्त्रीलाई समस्या समाधानका लागि आग्रह गरे। सांसदहरुको जिज्ञासापछि गृहमन्त्री थापाले भने, ‘सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै हुन्छ ।’

उनले मन्त्रिपरिषद्को बैठकमा मर्यादाक्रमका विषयमा छलफल जारी रहेको र केही समयभित्रै राजपत्रमा पुनः प्रकाशित हुने जानकारी दिए । प्रदेश र स्थानीय तहका पदाधिकारीलाई समेत समेटेर नयाँ मर्यादाक्रम निर्धारण गर्ने विषयमा छलफल जारी रहेको जानकारी दिँदै उनले संघीय संसद्का सांसदहरुको मर्यादाक्रम पूर्वमन्त्रीभन्दा माथि नै रहने व्यवस्था हुने बताए ।

गृहमन्त्री थापाले जनप्रतिनिधिको मर्यादाक्रमलाई माथि नै राख्ने राष्ट्रिय नीति रहेको उल्लेख गर्दै पूर्वमन्त्रीभन्दा संघीय संसद्का सांसदको मर्यादाक्रम माथि नै रहने उल्लेख गरे । उनले भने,’नयाँ मर्यादाक्रम मन्त्रिपरिषद् बैठकबाट पारित गरी छिट्टै राजपत्रमा प्रकाशित गर्ने सरकारको योजना रहेको छ ।’

उनले नयाँ मर्यादाक्रमका विषयमा सरोकारवाला निकायसँग आवश्यक छलफल भइरहेको पनि समितिलाई जानकारी गराए । सरकारले केही समयपहिले नयाँ मर्यादाक्रम सार्वजनिक गरेको थियो ।