२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित

अ+ अ-

बैतडी । जिल्लामा यस वर्ष ५० विद्यार्थी एसइई परीक्षाबाट वञ्चित हुने भएका छन् । एसइई दिन नपाउने विद्यार्थीमा ३० छात्रा र २० छात्र छन् ।

शिक्षा विकास तथा समन्वय इकाइका विद्यालय निरीक्षक शङ्करदत्त जोशीका अनुसार बीचमै विद्यालय छोडेका, परीक्षा शुल्क नबुझाएका र विद्यालयमा ७५ प्रतिशत हाजिर नभएका विद्यार्थी एसइईबाट वञ्चित हुने भएका हुन् ।

“छात्रभन्दा छात्रा परीक्षाबाट वञ्चित हुने गरेका छन्’, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्रप्रसाद अवस्थीले भने, ‘छात्रा बिहे गरेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेकाले परीक्षाबाट बढी वञ्चित हुन्छन् ।’

यस वर्षको एसइई परीक्षा यही चैत १० गतेदेखि शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने छ । पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा हुनेछ ।

छ हजार विद्यार्थी सहभागी हुने

यस वर्षको एसइई परीक्षामा जिल्लाबाट पाँच हजार ८६८ विद्यार्थी सहभागी हुने भएका छन् । नियमिततर्फ ५ हजार ४८१ तथा ग्रेडिङ पुरानो कोर्षबाट ११४, ग्रेडिङ नयाँ कोर्षबाट २७३, प्राविधिकतर्फ ६९ विद्यार्थीले परीक्षामा सहभागिता जनाउने छन् ।

जिल्लाका ११९ सामुदायिक र ४ निजी विद्यालय एसइई परीक्षामा सहभागी हुने विद्यालय निरीक्षक जोशीले जानकारी दिए । परीक्षाका लागि २५ परीक्षा केन्द्र तोकिएको छ । ग्रेडवृद्धि विद्यार्थीका लागि दशरथचन्द नगरपालिकास्थित वीरेन्द्र मावि साहिलेकमा केन्द्र निर्धारण गरिएको छ ।