२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महासंघ झापाको तालाबन्दी खुल्यो

अ+ अ-

बनियानी । नेपाल पत्रकार महासंघ झापा शाखाको तालाबन्दी खुलेको छ ।

सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासंघ (फोनिज) झापाले महासंघको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो ।

आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासंघ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताए ।

विसं २०७५ को सदस्य नवीकरणका पूर्ववत्रुपमा हुने र विसं २०७६ देखि केन्द्र तथा प्रदेश समितिको नीति निर्देशनबमोजिम नवीकरण गर्ने सहमति भएको छ । तालाबन्दीका कारण फागुन ४ हुने भनिएको महासंघ झापा शाखाको साधारणसभा चैत मसान्तभित्र गरिने भएको छ ।

पत्रकार शुद्धीकरण अभियानअन्तर्गत महासंघ झापा शाखाको कार्यसमितिले क्रियाशीलताको प्रमाणपत्रबिना सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।

अध्यक्ष सापकोटाको अध्यक्षतामा भएको बैठकमा प्रेस चौतारी झापाका अध्यक्ष मुक्ति पौडेल, प्रेस युनियन झापा अध्यक्ष इन्दू पूर्वेली, फोजिन झापा अध्यक्ष विशाल नेम्वाङ, प्रेस सेन्टर झापा अध्यक्ष टीकाराम उप्रेती, मिडिया नेपालका रञ्जित प्रसाईं, पूर्वअध्यक्ष मोहनकाजी न्यौपानेलगायतले तालाबन्दी खोल्ने र आगामी दिनमा वार्ता र सहमतिबाट अघि बढ्ने निर्णय भएको छ ।