२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मालपोत कार्यालयमा नयाँ फारम भर्ने कार्यक्रमको कार्यान्वयनमा समस्या

अ+ अ-

बलेवा । मालपोत कार्यालय बागलुङमा सेवाग्राहीका लागि नेपाल सरकारले शुरुआत गरेको नयाँ फारम कार्यान्वयनमा समस्या देखिएको छ ।

लेखापढी कानूनी व्यवसायीले गर्दै आएका मालपोतको काजपत्रको काम सेवाग्राही आफैँले गर्ने गरी बनाइएको नियम कार्यान्वयनमा समस्या देखा परेको हो ।

मालपोत कार्यालयमा गत पुस २२ गतेदेखि लागू हुने गरी सेवाग्राही आफैँले फारम भर्ने व्यवस्था लागू गरिएको भए पनि फागुनको अन्तिमसम्म पनि लेखापढी व्यवसायीले नै काम गर्दै आएका छन् । कार्यालयले सेवाग्राहीलाई कामका लागि भर्नुपर्ने फारम उपलब्ध गराउन सकेको छैन् ।

कार्यालयको अनलाइन प्रविधिमार्फत सबै काम हुने भएकाले सेवाग्राही आफैँले अनलाइनमार्फत फारम लिएर भर्नुपर्ने व्यवस्था रहेको मालपोत कार्यालय बागलुङका प्रमुख विष्णुप्रसाद शर्माले बताए ।

कार्यालयले फारम उपलब्ध गराउन नसक्नुको फाइदा उठाउँदै लेखापढी व्यवसायीले पुरानै शैलीमा काम गरिरहेका छन् ।

नयाँ नियम शुरुआत भएको केही दिनसम्म कार्यालय प्रवेशमा रोक लगाइएका लेखापढी व्यवसायीले पछिल्लो समय निर्वाध रुपमा कार्यालय परिसरमा बसेर सेवाग्राहीका काम गर्ने गरेका छन् । ‘सेवाग्राही आफैँले उनीहरुलाई खोजेर ल्याउछन्’, कार्यालय प्रमुख शर्माले भने, ‘हामीले नयाँ फारममा नै काम गरिरहेका छौँ, उनीहरुले जसरी ल्याउनु हुन्छ, त्यसैगरी काम हुन्छ ।’

सेवाग्राहीले आफैँले फारम भर्दा वा लेखापढी व्यवसायीले फारम भर्दा दुवै अवस्थामा कार्यालयले काम गरिरहेको शर्माको जवाफ थियो । सरकारले बनाएको नयाँ फारममा केही नयाँ महलको व्यवस्था गरिएकाले पनि सेवाग्राही समस्यामा पर्ने गरेका छन् ।

सर्वसाधारणलाई फारमको विषयमा जानकारी नहुँदा लेखापढी व्यवसायीकै सहायता लिएर काम गर्ने गरेका छन् । जग्गाको रनिष्ट्रेशन, धितो रोक्का फुकुवा, लिलामलगायतका काम मालपोत कार्यालयमार्फत हुने गरेका छन् । दैनिक २५ देखि ३० सेवाग्राहीको काम हुने कार्यालयमा अधिकांश काम लेखापढी व्यवसायीमार्फत नै हुने गरेका छन् ।

‘मालपोतको फारम भरेर बस्ने समय छैन, व्यवसायीलाई लिएर गएपछि तत्कालै काम बन्छ’, आफ्नो जमीन अर्कैको कित्तामा परेपछि सच्चाउनका लागि लेखापढी व्यवसायी खोज्दै हिँडेका सेवाग्राही सोम पाठकले भन्छन्, ‘आफैँले गरे हुने हो तर उनीहरुमार्फत काम गर्दा समय बच्छ ।’ लेखापढी व्यवसायीले कार्यालय परिसरभित्र र बाहिर बसेर सेवाग्राहीका काम गर्दै आएका छन् ।

गत पुस २२ गतेदेखि बागलुङसहितका केही जिल्लाबाट शुरु भएको नयाँ नियमका कारण लेखापढी व्यवसायीको रोजीरोटी गुमेको भन्दै उनीहरु आन्दोलित भएका थिए । कार्यालय परिसरमा बसेर काम गर्दै आएका व्यवसायीलाई सोही मितिदेखि लागू हुने गरी काम नगर्न भन्दै कार्यालयले सूचनासमेत प्रकाशित गरेको थियो ।

नयाँ नियम कार्यान्वयनमा आएको दिनदेखि नै आन्दोलनमा रहेका लेखापढी व्यवसायीले एक साता पनि नबित्दै पुरानै तवरले काम शुरु गरेका थिए । कार्यालयले पछिल्लो समय लेखापढी व्यवसायीलाई कुनै पनि बन्देज लगाएको छैन ।

‘हामीकहाँ हुने काम एजेण्टको जस्तो होइन, उनीहरुले कागज पत्र बनाएर ल्याउने मात्रै हो, काम गर्ने कर्मचारीले नै हो’, मालपोत अधिकृत शर्माले भने, ‘कार्यालयभित्र आउने सेवाग्राही र लेखापढी व्यवसायीको अधिकार समान हुन्छ ।’