२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पसलबाट २५ लाख असुली

अ+ अ-

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चालू आर्थिक वर्षको हालसम्मको अवधिमा १०५ व्यवसायको अनुगमन गरी कारवाहीस्वरूप २५ लाख असुल गरेको छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा विभागले बुधबार पत्रकार सम्मेलन गरी गत कात्तिकदेखि लागू भएको नयाँ ऐन पालना गर्दै कारवाहीस्वरूप उक्त रकम असुल गरेको जनाएको छ ।

विभागका महानिर्देशक योगेन्द्र गौचनले गत असोजसम्मको अनुगमनमा अधिकृतले अनुगमनस्थलमा नै कारवाही गर्न मिल्ने व्यवस्था नभएको बताए। नयाँ ऐनअनुसार गत कात्तिकदेखि अनुगमन अधिकृतले गलत सावित गरे आवश्यकतानुसार रु पाँच हजारदेखि तीन लाखसम्म अनुगमनस्थलमा नै रकम असुल गर्न पाउने कानूनी व्यवस्था छ ।

उपभोक्ताको दैनिक जीवनमा प्रत्यक्ष असर पार्ने व्यवसायमा विभागले चालू आवमा दुई हजार ८०० व्यवसाय अनुगमन गर्ने लक्ष्य लिए पनि हालसम्म एक हजार ३८१ को मात्रै अनुगमन गरेको छ । गत आवमा भने विभागले काठमाडौँ उपत्यका र बाहिर गरी पाँच हजारको अनुगमन गरेको थियो । प्रदेश र स्थानीय तहमा अझै कानून नबनेकाले प्रभावकारीरूपमा बजार अनुगमन गर्न केही समस्या भएको विभागले जनाएको छ ।

उपभोक्ता जागरण कार्यक्रम

हरेक वर्ष मनाइँदै आएको विश्व उपभोक्ता अधिकार दिवस यस वर्ष पनि ‘गुणस्तरीय वस्तु र सेवामा उपभोक्ताको अधिकार : हामी सबैको सरोकार भन्ने’ मूल नाराका साथ मनाउने तयारी विभागले गरेको छ । सन् १९८३ देखि मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाउन थालिएको हो ।

दिवसकै अवसर पारी विभागले आज उपभोक्ता संस्थाको सहकार्यमा काठमाडौं उपत्यकाका कोटेश्वर, लगनखेल, महाराजगञ्ज, कलङ्की, बालाजु, चाबहिल, रत्नपार्क, कालीमाटी, नयाँ बानेश्वर, सातदोबाटो र भक्तपुरका विभिन्न स्थानमा उपभोक्ता जागरणसम्बन्धी कार्यक्रम गर्ने तयारी गरेको छ । आगामी चैत १ गते विभागले भने विशेष कार्यक्रम गर्ने बताइएको छ । रासस