मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध : आइसीसी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मेक्सिकोमा पत्रकारको हत्या मानवता विरुद्ध अपराध : आइसीसी


प्रशासन संवाददाता

२९ फाल्गुन २०७५, बुधबार


मेक्सिका सिटी । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) ले मेक्सिकोमा सन् २०१२ बाट २०१८ सम्ममा मारिएका १०२ जना पत्रकार विषयमा गरेको अनुसन्धानका क्रममा यो मानवताविरुद्धको अपराध भएको निकर्ष निकालेको ‘रिपोर्टर्स विदाउट बोडर्स’ले जनाएको छ ।

सोही समयावधिमा अन्य १४ जना पत्रकार वेपत्ता रहेका पनि उक्त समूहले जानकारी दिएको छ । प्रेसलाई लक्ष्य गरी भएका यी हत्या अपहरण जस्ता घटनाहरु अन्तर्राष्ट्रिय रुपमा नै गम्भीर अपराध भएको बताइएको छ ।

नागरिक समाज र पत्रकारलाई सुनियोजित र बढ्दो रुपमा गरिएको यी आक्रमणलाई मानवताविरुद्धको अपराधको संज्ञा दिइएको ‘रिपोर्टर्स विदाउट बोर्डर्स’का महासचिव क्रिस्टोफ डेलोइरले बताए ।

हाल विश्वमा युद्धग्रस्त देशहरु अफगानिस्तान र सिरियापछि पत्रकारको बढी हत्या र अपहरण हुने देशको सूचीका मेक्सिको पर्दछ ।

मेक्सिकोमा पत्रकारहरुको हत्या हुनुको मुख्य कारण लागूऔषध तस्करी र राजनीतिक प्रेरित भ्रष्टाचारीलाई मानिन्छ ।

दण्डहीनता चरम अवस्थामा रहेको मेक्सिकोमा हत्यामा संलग्न अपराधीमाथि कुनै कानुनी कारबाही हुने गरेको छैन । रासस / एएफपी

Tags :
प्रतिक्रिया दिनुहोस