२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली थ्री ‘ए’ अन्तिम चरणमा

अ+ अ-

बेत्रावती । रसुवामा बाँध र नुवाकोटमा विद्युत् उत्पादन गृह रहेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

आगामी असारभित्रै विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको आयोजनाको समग्र काम हाल ९० प्रतिशत पूरा भएको आयोजना प्रमुख फणिन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार आयोजनाको सिभिलतर्फ ९८ प्रतिशत, इलेक्ट्रोमेकानिकलतर्फ ७५ प्रतिशत र हाइड्रोमेकानिकलतर्फ ८८ प्रतिशत एवं प्रसारण लाइन विस्तारको कार्य ९५ प्रतिशत काम पूरा भएको छ ।

“आयोजना बनाउन निर्माण व्यवसायीलाई दिइएको समय सीमाभित्र कार्य सम्पन्न गराउन सहजीकरण र दबाब कायम राखेका छौँ ।”, उनले भने, “३०–३० मेगावाट क्षमताका दुईमध्ये एउटा टर्बाइन वैशाखभित्र र दोस्रो असारभित्रै सञ्चालन गरी बिजुली उत्पादन गर्न सक्ने अवस्थामा पुग्न लागेका छौँ।”

आयोजनाको मुख्य संरचना हेडवक्र्स (बाँध), सुरुङ तथा विद्युत् गृहको परीक्षण आगामी चैत १ देखि शुरु गर्न लागिएको आयोजनाका उपप्रबन्धक इञ्जिनीयर सत्यराम ज्याख्वाले जानकारी दिए । वैशाख १५ सम्म परीक्षण समयअवधी लाग्ने र त्यसलगत्तै विद्युत् उत्पादन शुरु गर्ने गरी निर्माणलाई तिव्र बनाइएको छ ।

“आयोजनाबाट ३० मेगावाट विद्युत् वि.सं. २०७६ वैशाख १७ गतेबाट उत्पादन शुरु गर्ने लक्ष्य छ”, उनले भने, “विभिन्न माग राख्दै स्थानीयवासीको अवरोध र क्षमता वृद्धि सम्बन्धमा पटक–पटक काममा अवरोध व्यहोरेको यस आयोजनामा विनासकारी भूकम्प र भारतीय नाकाबन्दीको थप प्रभावका कारण ढिलो गरेर निर्माण सम्पन्न नजिक पुगेको हो ।”

आयोजनाको पछिल्लो प्रगतिको सम्बन्धमा चासो राख्न दुई साता अघि आयोजनास्थल मनकामनास्थित सिम्ले पुगेका उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले तोकिएको समयमा काम सक्न निर्देशन दिएपछि जारी रहेको निर्माण कार्यलाई थप तिव्र बनाएर तोकिएको समयमा विद्युत् उत्पादनको तयारी थालिएको छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनसम्म जडानको लागि त्रिशूली–काठमाडौं २२० केभी ‘डलब सर्किट’ प्रसारण लाइन निर्माणको समन्वयन र व्यवस्थापनको जिम्मेवारी थ्री ‘ए’ मार्फत भइरहेको छ ।

उक्त कार्य हाल ९५ प्रतिशत पूरा भइसकेको छ । सो आयोजनाको निर्माण चाइना गेजुवा गु्रप अफ कम्पनी (सिजिजिसी)ले गरिरहेको छ । उक्त कम्पनीले सन् २०११ जुनदेखि काम शुरु गरेको हो । निर्माणको लागि सो कम्पनीसँग इञ्जिनियरिङ, प्रोक्युरमेन्ट एवं कन्स्ट्रक्सन (इपिसी) अवधारणामा सम्झौता भएको हो ।

विसं २०७२ वैशाख १२ को विनासकारी भूकम्पले धेरै क्षति पुर्‍याएको यस आयोजनाको मुख्य संरचना निर्माणमा निर्माण व्यवसायीलाई हालसम्म कुनै ‘भेरिएशन’ दिइएको छैन । भूकम्पले आयोजनाको बाँधस्थलसम्म पुग्ने पहुँच मार्गमा पुर्‍याएको ठूलो क्षतिको पुनःनिर्माण र त्यहाँ दीर्घकालीन रुपमा पहिरो रोकथामसम्बन्धी कार्यको लागि भने नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुुसार नेपाली सेनाबाट काम भइरहेको छ ।

त्रिशूली नदीको पानीबाट ‘रन अफ रिफर’ मोडलमा निर्माण भएको यस आयोजनाबाट वार्षिक ४८९.७६ गिगावाट घण्टा विद्युत् उत्पादन हुने लक्ष्य छ । आयोजना पूर्ण रुपमा सञ्चालन आए पश्चात यहाँबाट उत्पादन हुने विद्युत्बाट वार्षिक करीब रु तीन अर्ब आम्दानी गर्दछ ।

त्रिशूली नदीस्थित रसुवाको डाँडागाउँमा बाँध बनाएर नुवाकोटको मनकामनामा उत्पादन गृह रहेको आयोजनाको निमार्ण सबै भूमिगत (पहाडभित्र) बनाइएको छ । आयोजनाबाट साढे आठ महीना पूर्ण रूपमा (६० मेगावाट) विद्युत् उत्पादन हुनेछ । कुल उत्पादनको ४६.६ प्रतिशत विद्युत् सुख्खायाममा उत्पादन हुने भएकाले मुलुकको लागी आवश्यक विद्युत् परिपूर्ति गर्न यस आयोजनालाई महत्वका रुपमा हेरिएको आयोजनाका उपप्रबन्धक ज्याख्वाले जानकारी दिए ।

उनका अनुसार सो आयोजना सम्पन्न पश्चात सहायक योजना (क्यासकेड) मार्फत ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्री ‘बी’ आयोजना सञ्चालनमा ल्याउन निर्माण कार्य अघि बढाइएको छ । थ्री ‘बी’लाई तीन वर्षभित्र पूरा गर्नेगरी गत वर्षको फागुनबाट निर्माण थालिएको छ । रासस