काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले आजको संसद बैठक अवरुद्ध गरेको छ । लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै राजपा नेपालले बैठक अवरुद्ध गरेको हो ।
बुधबार संसदको बैठक सुरु भए लगतै राजपा सांसदहरुले उठेर विरोध गरेपछि सभामुख कृष्णबहादुर महराले राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरे ।