२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

अ+ अ-

भक्तपुर । भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको ‘ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया’ कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ ।

पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गरे । उनले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (वि.सं. १७२७) मा काठमाडौंको रानी पोखरी निर्माण भएको दाबी गर्दै उनले भाज्या पुखुः र रानी पोखरीको वास्तुशैली, शिखर शैलीको मन्दिर उस्तै रहेको उनको भनाइ छ ।

ने.सं. ८०१ अर्थात विसं १७३८ मा जितामित्रको पालामा नेपालमण्डलमा आएको ठूलो भूकम्पले भाज्या पुखुः को शिखर शैलीको मन्दिर भत्काएपछि भग्नावशेषमा परिणत भएको उत्खनन र अन्वेषणबाट पत्ता लागेको बताउँदै डा. श्रेष्ठले भाज्या पोखरी १२ औँ शताब्दी पुरानो रहेको बताए । नगरपालिकाले वि.सं. २०५९ मा शुरु गरेको उत्खनन र २०७४/७५ मा शुरु गरेको पुनःनिर्माणका क्रममा बहुमूल्य वस्तुहरु भेटिएको बताउँदै उनले पोखरीको मध्य भागमा अवस्थित शिखरशैलीको मन्दिरमा जलेश्वरको मूर्ति रहेको प्रारम्भिक अनुसन्धानले देखाएको प्रस्ट पारे ।

उत्खननका क्रममा पोखरीको बीचमा रहेको मन्दिरको गर्भावस्था रानीपोखरीको जस्तै भएको भनाइ राख्दै उनले पोखरीमा वास्तुशैलीअनुसार बैद्धिक वास्तुतन्त्र विधिबाट बनेको एउटा मात्रै बुर्जा भएको मन्दिर हुनुपर्ने भनाइ राखे ।

कार्यक्रममा प्रतिनिधिसभाका सांसद प्रेम सुवालले संरक्षणमा ध्यान नदिँदा कयौँ सम्पदाहरू लोप भइसकेको बताउँदै पोखरी, पाटी–पौवा, सत्तललाई समेत निजी बनाउने र सार्वजनिक सम्पदाहरू तथा पर्ती जग्गाहरू किनबेच हुने कार्य अन्त्य हुनुपर्ने औँल्याए। उनले सम्पदाहरूको ऐतिहासिकताबारे अध्ययन अनुसन्धान गरी जीर्णोद्धार र पुनःनिर्माण कार्यलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिका प्रमुख सुनिल प्रजापतिले भक्तपुरका पुरातात्विक र ऐतिहासिक महत्व बोकेका सम्पदाहरूको संरक्षण गर्न नगरपालिका अगाडि बढेको बताउँदै भाज्या पोखरी काठमाडौंको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भन्नेबारेमा थप छलफल र गहन अनुसन्धान हुनुपर्ने औँल्याए ।

कार्यक्रममा नगरपालिका उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, पुरातत्व विभागका पूर्वमहानिर्देशक भेषनारायण दाहाल, पुरातत्व विभागका पूर्वनिर्देशक लक्ष्मणराज ज्ञवाली, गुठी संस्थानका निर्देशक मीनराज चौधरी, पुरातत्व विभागका प्रमुख हरि सुवेदी, प्रेमसिंह बस्न्यात, संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग, प्रा. डा. मोहनमूर्ति पन्थी, दरबार हेरचाह तथा स्मारक संरक्षण कार्यालयका प्रतिनिधि कल्पना प्रजापति, वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वलगायतले भाजु पोखरीलाई पुरानै आकारप्रकारका इँटा र शैलीमा बनाएर मौलिकता जोगाउन नगरपालिकालाई सुझाव दिए । रासस

प्रतिक्रिया दिनुहोस