२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मनकामनालाई धार्मिक पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ : राष्ट्रपति भण्डारी

अ+ अ-

गोरखा । राष्ट्रपति विद्यादेवी भण्डारीले मनकामना क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने बताएकी छन् ।

गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनामा आज आयोजित मनकामना मन्दिरको सम्पन्नता एवम् दशकर्म पूजाको उद्घाटन गर्दै उनले मनकामना र आसपासको क्षेत्र धार्मिक पर्यटकीय गन्तव्यको हिसाबले राम्रो सम्भावना बोकेको क्षेत्र भएकाले योजनाबद्ध ढङ्गले विकास गर्नुपर्नेमा जोड दिइन् ।

राष्ट्रपति भण्डारीले भनिन्, ‘यहाँ वरपर ओझेलमा परेका अन्य ऐतिहासिक र धार्मिक सम्पदाको उजागर गरी वृहत धार्मिक पर्यटकको केन्द्र बनाउन सके यहाँ आफ्नै ठाउँमा रोजगारीको अवसरसमेत सिर्जना हुनसक्छ ।’ उनीले सरकारको आर्थिक र प्राविधिक सहयोगमा जनताबाटै अधिक रकम सङ्लकन गरी ऐतिहासिक मनकामना मन्दिर निर्माण हुनु सरकार र जनताबीचको सहकार्यको एउटा उदाहरणीय नमूना भएको उल्लेख गरिन् ।

‘२०७२ सालको भूकम्पले ठूलो क्षति पुर्‍याएको मन्दिर जिर्णोद्धारको पर्खाइएको थियो’, राष्ट्रपति भण्डारीले भनिन्, ‘तपाई जनसमुदायको सहकार्यमा पुनःनिमार्ण भएको छ, यो खुशीको कुरा हो ।’

उनले जनता सक्रिय भए आफ्नो क्षेत्रको विकास आफै गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण मनकामना मन्दिरको पुनःनिर्माणको कार्यले देखाएको बताइन् ।

राष्ट्रपतिले भनिन्, ‘नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो, हामीले हाम्रो संस्कृति, परम्परा, रीतिरीवाजलाई संरक्षण गर्दै अघि बढ्न आवश्यक छ ।’ सो अवसरमा राष्ट्रपति भण्डारीले मनकामना मन्दिर पुनःनिर्माणमा नगद तथा जिन्सी सहयोग गर्नुहुने सहयोगी दाताहरुलाई सम्मानसमेत गरेकी थिइन् ।

नेपाली सेनाका हेलिकप्टरबाट मनकामना पुग्नु भएका राष्ट्रपति भण्डारीले मन्दिरमा पूजाआजासमेत गरिन् । पुनःनिर्माण सम्पन्न भएसँगै गत मङ्सिर १२ गतेदेखि भक्तजनका लागि मन्दिर खुला गरिएको भए पनि उपयुक्त पूजा साइत नभएकाले रोकिएको दशकर्म पूजासमेत आजै गरिएको मन्दिर जिर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिइन् ।