नेकपाले देभरका पार्टीकार्यालयमा तीन दिन आधा झण्डा झुकाउने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नेकपाले देभरका पार्टीकार्यालयमा तीन दिन आधा झण्डा झुकाउने


१९ फाल्गुन २०७५, आइतबार


काठमाडौं । नेकपाले नेता भरतमोहन अधिकारीको शोकमा तीन दिन देशभरका पार्टीकार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । आज बसेको नेकपा सचिवालय बैठकले नेता अधिकारीको शोक प्रस्ताव पारित गर्दै सो निर्णय गरेको हो ।

पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीको शनिबार साँझ निधन भएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान आकस्मिक सचिवालय बैठक डाकेका थिए। बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको छ । बैठकले स्व रवीन्द्र अधिकारी र भरतमोहन अधिकारीको संयुक्त श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ । अधिकारीको गएराति ८२ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस