परदेशीको पीडा ‘हवाईजहाज’ सार्वजनिक (भिडियोसहित) « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

परदेशीको पीडा ‘हवाईजहाज’ सार्वजनिक (भिडियोसहित)


१८ फाल्गुन २०७५, शनिबार


काठमाडौं। गायक सुरज थापाको आवाजमा रहेको नयाँ गीती भिडियो ‘हवाइजहाज’ सार्वजनिक भएको छ ।

परदेशिने नेपालीहरुको वास्तविक कथा व्यथा समेटिएको ‘हवाईजहाज’बोलको गीतमा प्रमानन्द खरेलको शब्द तथा प्रकाश नेपालीको संगीत रहेको छ । अन्जुली इन्टरटेन्टमेन्टले प्रस्तुत गरेको गीतमा गोबिन्द मधुर आचार्यले संगीत संयोजन गरेका छन् ।

धेरै दर्शक श्रोताको मनमा जितेका नेपाल आइडलका सहभागी सुरज थापाले गीतलाई मन छुने गरी गाएका छन् ।

गीतको भिडियोमा अभिनेत्री ऋचा शर्माको साथमा राज खड्का र संगीत सन्तोषको अभिनय रहेको छ । ज्ञानेन्द्र शर्माले छायांकन गरेको भिडियोलाई बिकाश ज्ञवालीले सम्पादन गरेका हुन् । निर्देशक सर्जुन राइले भिडियोलाइ उत्कृस्ट बनाएका छन् ।

परदेशमा जाने नेपालीहरुको कथा व्यथा र छोरो विदेश गए पछि घरमा रहेका आमा बुबाको दुःख पिडालाई भिडियोमा समेटिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस