ताप्लेजुङबाट शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ताप्लेजुङबाट शव लिएर काठमाडौंका लागि उड्यो हेलिकोप्टर


१६ फाल्गुन २०७५, बिहिबार


ताप्लेजुङ । हेलिकोप्टर दुर्घटनामा परी निधन भएका सबै ७ जनाको शव काठमाडौं पठाइएको छ। नेपाली सेनाको हेलिकोप्टरमार्फत् काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले जनाएका छन् ।

भण्डारीले दिउँसो १२बजेर ५ मिनेटमा ताप्लेजुंगबाट शव बोकेर हेलिकप्टर उडेको बताए। ताप्लेजुङमा बिहान पानी परेकाले शव ३ घन्टासम्म ताप्लेजुङ विमानस्थलमा नै राखिएको थियो।

उनीहरुको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महारागंज लगिने बताइएको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौंबाट मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौं फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका १० दारेभीरमा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस