मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

मन्त्री अधिकारीको निधनमा नेकपा गण्डकी स्तब्ध


१६ फाल्गुन २०७५, बिहिबार


कास्की । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेश कार्यालय पोखराले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा पार्टीका केन्द्रीय कमिटी सदस्य रवीन्द्र अधिकारीलगायतको निधनबाट स्तब्ध भएको जनाएको छ ।

अध्यक्ष हितराज पाण्डेले बुधबार साँझ जारी गरेकोे शोक वक्तव्यमा संविधानसभाको विकास समितिको सभापति तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीका रूपमा अधिकारीले आफूलाई अग्रणी रूपमा स्थापित गरेको बताएका छन् ।

मन्त्री अधिकारीले निर्वाह गरेको भूमिका मुलुक तथा विशेषगरी गण्डकी प्रदेशले सधौ सम्झिरहने वक्तव्यमा उल्लेख छ । अधिकारीको निधनबाट पार्टी र देशले एक होनहार सिर्जनशील, लोकप्रिय युवानेता तथा विकासप्रेमी जनप्रतिनिधि गुमाएको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा नेपालको कम्युनिष्ट आन्दोलनमा मन्त्री अधिकारीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै अधिकारीसहित दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जलि तथा उनीहरुका शोकाकुल परिवार तथा आफन्तजनप्रति समवेदना व्यक्त गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस