प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

प्रियंका र आयुशमान अभियानकर्मीमा नियुक्त


१३ फाल्गुन २०७५, सोमबार


काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशी स्वच्छ वातावरण महाअभियानको अभियानकर्मी नियुक्त भएका छन् । वन तथा वातावरण मन्त्रालयको यही फागुन ७ बसेको मन्त्रिस्तरीय निर्णयले उहाँहरूलाई अभियानकर्मी नियुक्त गरेको जनाइएको छ ।

देशभर स्वच्छ वातावरण बनाउन जनचेतनाको कार्यक्रम गर्नुपर्ने जिम्मेवारी पाएका अभियानकर्मीद्वयलाई मन्त्रालयले एक वर्षका लागि सो नियुक्ति दिएको हो ।

केही साताअघि मात्र सामाजिक काममा योगदान पु¥याउने उद्देश्यका साथ आयङ्का फाउन्डेशन दर्ता गरेमन उनीहरुले उक्त महाअभियानको अभियानकर्मीको रुपमा आफूलाई पाउँदा खुशी लागेको बताउँदै दिइएको जिम्मेवारी निष्ठापूर्वक सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस