सिनियर डिभिजन इन्जिनियर अख्तियारको हिरासतमा « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

सिनियर डिभिजन इन्जिनियर अख्तियारको हिरासतमा


१३ फाल्गुन २०७५, सोमबार


अख्तियार

काठमाडौं । सिनियर डिभिजन इन्जिनियर लालु गिरीअख्तियारको हिरासतमा छन् । पुर्वाधार विकास कार्यालय रुपन्देहीमा कार्यरत गिरीलाई एक हप्तादेखि अख्तियारले हिरासतमा लिएको हो ।

भ्रष्टाचार सम्बन्धी उजुरीमाथि छानबिनको क्रममा कैफियत देखिएकाले गिरीलाई हिरासतमा राखिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जनाएका छन् ।

गिरी भोजपुरमा प्रमुख जिल्ला इन्जिनियर रहँदा सडक निर्माणको क्रममा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस