स्वास्थ्यमन्त्री यादव भारततर्फ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

स्वास्थ्यमन्त्री यादव भारततर्फ


१३ फाल्गुन २०७५, सोमबार


काठमाडौँ । उपप्रधान तथा स्वास्थ्य–जनसङ्ख्यामन्त्री उपेन्द्र यादव भारतको राजधानी नयाँ दिल्लीमा हुने ‘ग्लोबल डिजिटल हेल्थ पार्टनरसीप’सम्बन्धी चौथो सम्मेलनमा भाग लिन आइतबार साँझ त्यसतर्फ लागेका छन् ।

स्वास्थ्य क्षेत्रमा अपनाइएका सूचना प्रविधिका विषयमा छलफल गर्ने ध्येयले आयोजित उक्त सम्मेलनमा विश्वका ६० देशका स्वास्थ्यमन्त्री, स्वास्थ्य क्षेत्रका नीति निर्माता, विज्ञ सहभागिता रहने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

तीन दिनसम्म चल्ने सो सम्मेलनमा पहिलो र दोस्रो दिन विभिन्न देशले स्वास्थ्य सेवा प्रदान गर्न अपनाएका नीतिगत वातावरण, चिकित्सकीय पद्धति, तथ्यपरक मूल्याङ्कन, साइबर सेक्युरिटी र स्वास्थ्यमा सर्वव्यापी पहुँच र दिगो विकासको लक्ष्य हासिल गर्न सूचना प्रविधिको भूमिकाबारे छलफल गरिने जानकारी मन्त्रालयले दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस