जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण « प्रशासन
Logo १ आश्विन २०७८, शुक्रबार
   

जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण


११ फाल्गुन २०७५, शनिबार


काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् ।

प्रधानमन्त्री ओलीले स्थानीय नर्सरीबाट ल्याएको विरुवा बालुवाटार परिसरमा रोपेका हुन् ।

यस्तै प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् । जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाए ।

प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् ।

प्रतिक्रिया दिनुहोस