कपिलवस्तुमा गोली प्रहार, एक महिलाको मृत्यु « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कपिलवस्तुमा गोली प्रहार, एक महिलाको मृत्यु


११ फाल्गुन २०७५, शनिबार


काठमाडौं । कपिलवस्तुमा गोली प्रहारबाट एक महिलाको मृत्यु भएको छ।

गए राति वाणगंगा नगरपालिकामा अज्ञात समूहले गोली प्रहार गर्दा घरमै बसिरहेकी एक महिलाको मृत्यु भएको हो।

मृत्यु हुनेमा वाणगंगा नगरपालिका–४ कुवेरापुरकी अनिता पौडेल रहेको प्रहरीले जनाएको छ। शव पोष्टमार्टमको लागि तौलिहवा अस्पताल पठाइएको बताइएको छ ।

खाना खाएर घरमा बसेका बेला राति दुई जनाको समूहमा आएका व्यक्तिले पौडेलमाथि गोली हानेर फरार भएको जनाइएको छ । घटनाको कारण भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस