२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा दुईको मृत्यु

अ+ अ-

काठमाडौं । वीर अस्पतालको निर्माणाधीन भवनमा प्रयोग गरिएको अस्थायी ‘लिफ्ट’ चुडिँदा भवन निर्माणमा खटिइएका दुई मजदुरको मृत्यु भएको छ ।

उक्त भवनको चौथो तलामा निर्माण सामग्री लिएर जाँदै गरेका अर्का एक मजदुर घाइते भएका छन् । निर्माण सामग्री ‘अनलोड’ गर्ने क्रममा लिफ्टको तार चुँडिएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरीको सुरुङ नगरपालिका–४ का २० वर्षीय भूमिकुमार चौधरी र सप्तरीकै मदनपुरका २५ वर्षीय नवीन चौधरी रहेका छन् । त्यस्तै मदानपुरकै २० वर्षीय सचितानन्द चौधरी गम्भीर घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

निर्माण सामग्री रहेको लिफ्टको डब्बासँगै चौथो तलाबाट खसेका नवीनको उपचारका लागि ट्रमा सेन्टर लैजाने तयारी गर्दागर्दै र भूमिकुमारको उपचारका क्रममा मृत्यु भएको जनसेवा प्रहरीका प्रहरी नायब उपरीक्षक टेकुनन्द लिम्बूले जानकारी दिए ।

मृतकको शव परीक्षण गरी आफन्तको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । उक्त घटना बिहीबार साँझको भए पनि प्रहरीले आज मात्र जानकारी दिएको हो ।