२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुई दरवन्दीको भरमा आधारभूत विद्यालय

अ+ अ-

बागलुङ । गुणस्तर बढाएपछि एकीकरण हुनबाट जोगिएको एक विद्यालय शिक्षक दरबन्दी नहुँदा समस्यामा छ । गलकोट नगरपालिका–७ स्थित प्रगति आधारभूत विद्यालयमा दुई शिक्षकको मात्र दरबन्दी छ ।

दश शिक्षकले स्थानीय स्रोतबाट तलब खान्छन् । दरबन्दी अभावमा ठूलो आर्थिक भार विद्यालय र अभिभावकमाथि छ । बाल विकास केन्द्रका सहयोगीसमेत स्थानीय स्रोतबाट राखिएको छ ।

शिक्षकको तलबमा मात्र मासिक रु। एक लाखभन्दा बढी खर्च हुन्छ । अभिभावकको सहयोग, अक्षयकोषको ब्याज र ऋणधनमा खर्च धानिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले बताए ।

विद्यालयले आर्थिक अभाव टार्न अभिभावबाट मासिक सहयोग रकम लिने गरिएको छ । ‘आर्थिक रुपमा विद्यालय समस्यामा छ’ अध्यक्ष थापाले भने, ‘दरबन्दी थपिएमा हामीलाई राहत हुने थियो ।’

पटक–पटक शिक्षक माग गरिए पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको उहाँको गुनासो छ । नगरपालिकाले छिट्टै शिक्षक व्यवस्थापन गर्ने आश्वासन दिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा कूल १२३ जना विद्यार्थी अध्ययनरत् छन् । जसमध्ये १९ जना बाल विकास केन्द्रमा छन् ।

सबै कक्षामा अङ्ग्रेजी माध्यमबाट पढाइ हुने गरेको प्रधानाध्यापक नगेन्द्र मल्लले बताए । ‘अभिभावककै चाहनाअनुसार अङ्ग्रेजी माध्यम शुरु गरेका हौँ’ उनले भने, ‘अहिले गुणस्तरमा सुधार आएको छ, विद्यार्थी पनि आकर्षित छन् ।’

प्रअ मल्ल र शिक्षक कृष्ण गौतम मात्र आधारभूत तहको दरबन्दीमा कार्यरत छन् । विद्यार्थी सङ्ख्या न्यून भएपछि विसं २०६८ मा उक्त विद्यालय एकीकरणको सूचीमा परेको थियो ।

विद्यालयको दिगो व्यवस्थापन र गुणस्तर सुधारमा गाउँले एकजुट भएर लागेपछि विद्यालय जोगिएको हो ।

विसं २०४७ मा खुलेको विद्यालयमा अभिभावक र स्थानीयवासीको चन्दाबाट रु २२ लाखको अक्षयकोषसमेत खडा गरिएको छ । विद्यालयको अतिरिक्त आम्दानीको स्रोत भने केही छैन । शिक्षक व्यवस्थापन, भौतिक पूर्वाधार र गुणस्तर सुधारमा राज्यले सहयोग गर्नुपर्ने विद्यालयको माग छ । रासस

प्रतिक्रिया दिनुहोस