२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्छ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताएका छन् ।

जिल्ला समन्वय समिति कास्कीले आज पोखरामा आयोजना गरेको जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ भने।

उनले संघ र प्रदेश सरकारले बनाएको नीति तथा योजनाका खाकाअनुसार स्थानीय सरकारले पनि आवधिक योजना बनाउनुपर्ने भनाइ राखे ।

संघ सरकारको २५ वर्षपछि १२ हजार ५०० डलर प्रतिव्यक्ति आय पुर्‍याउने लक्ष्य हासिल गर्न गण्डकी प्रदेशबाट कम्तीमा पनि १५ हजार डलर योगदान गर्ने लक्ष्यअनुसार योजना निर्माण गरिनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले कार्यक्रमबाट सरकार सञ्चालनका अनुभव आदान–प्रदान तथा भइरहेका कामबारे जानकारी हासिल भएको बताए ।

स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम कार्यक्रम गरिएको भनाइ उनको छ ।

माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले निर्वाचित भएको २ वर्षसम्म पनि आवश्यक कर्मचारी व्यवस्थापन हुन नसक्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समिति, पोखरा महानगर, माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका तर्फबाट चालू आवको माघ मसान्तसम्म भए गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो ।

जिल्लाका पाँचवटा स्थानीय तहका प्रमुख÷उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यसमेत सहभागी थिए ।