२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्ये एक स्थान बागलुङ

अ+ अ-

गलकोट । प्याराग्लाइडिङका लागि विश्वकै उत्कृष्टमध्येको एक स्थान मानिएको पोखराको सरङ्कोटको विकल्प बागलुङ बन्ने सम्भावना देखिएको छ ।

गत मङ्गलबार बलेवामा पहिलोपटक प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । बिहीबार पुनँ पाँच प्याराग्लाइडिङको यहाँ सफल उडान गरेका थिए ।

लामो समयदेखिका अनुभवी पाइलट टेकबहादुर थापा, लक्ष्मण सुनुवार, सागर राउत, आकाश क्षेत्री, प्रदीप ब्लनले बलेवाको आकाशमा दोस्रो पटक प्याराग्लाइडिङ उडान गरेपछि सराङ्कोटको विकल्प बन्नसक्ने प्रतिक्रिया दिए । बिहीबारबाट शुरु भएको प्रथम बलेवा महोत्सवका अवसरमा पोखराको भ्यालीलेक प्याराग्लाइडिङ कम्पनीका पाइलटले प्याराग्लाइडिङको सफल परीक्षण गरेपछि उपयुक्त स्थान रहेको बताएका हुन् ।

हावाको गति र मिलेको भूबनोटका कारण बलेवा क्षेत्र प्याराग्लाइडिङका लागि उत्कृष्ट गन्तव्य बन्नसक्ने पाइलट सागर राउतले बताए । समुद्री सतहदेखि एक हजार ७६० मिटरको उचाइमा रहेको बागलुङ नगरपालिका–१३ पैयुँपाटाको पहरेको धुरीबाट उडेका पाँच प्याराग्लाइडिङहरु बागलुङ नगरपालिका–१४ नारायणस्थानमा रहेको बलेवा विमानस्थल नजिकै अवतरण गरिएको पाइलट आकाश क्षेत्रीले बताए ।

प्रथम बलेवा महोत्सवको मुख्य आकर्षणको रूपमा प्याराग्लाइडिङ रहेको छ । महोत्सवका अवसरमा पर्यटन प्रवद्र्धन गर्ने र पछि व्यावसायिक उडान गर्ने लक्ष्यसाथ प्याराग्लाइडिङ परीक्षण गरी उडान गरिएको महोत्सवको आयोजक नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बताए ।

प्याराग्लाइडिङ उड्ने पहरेको धुरीमा धावनमार्गजस्तै मिलेको भूबनोटका कारण उडान गर्न निकै सहज भएको पाइलट सुनुवारले बताए । “हामीले प्याराग्लाइडिङको सफल परीक्षणपछि दोस्रो पटक पुनः उडान गरेका छौँ”, सुनुवारले भने, “प्याराग्लाइडिङ उड्ने स्थान निकै उत्कृष्ट लाग्यो ।”

बलेवामा प्याराग्लाइडिङ गर्दा बागलुङ तथा पर्वत क्षेत्रका साथै धवलागिरि माछापुच्छ्रे लगायतका दर्जन बढी हिमशृङ्खला देख्न सकिने भएकाले पर्यटक आकर्षित हुने बागलुङ नगरपालिका– १४ पैयुँपाटाका वडाध्यक्ष नारायण शर्मा पौडेलले बताए । प्याराग्लाइडिङ अवतरण गर्ने स्थान नजिकै बलेवा विमानस्थल भए पनि विमानस्थल बन्द अवस्थामा रहेकाले व्यावसायिकरूपमा प्याराग्लाइडिङ सञ्चालन गर्न कुनै समस्या नहुने स्थानीयले बताएका छन् ।

बागलुङको गलकोट क्षेत्रमा पनि यसअगावै प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो । अहिले बलेवामा पनि परीक्षण सफल भएपछि बागलुङमा प्याराग्लाइडिङको प्रचुर सम्भावना रहेको जिल्ला पर्यटन विकास समितिका अध्यक्ष राजु खड्काले बताए ।

जिल्लाको पर्यटन विकासका लागि प्याराग्लाइडिङले महत्वपूर्ण भूमिका खेल्ने भन्दै प्याराग्लाइडिङ कम्पनीलाई जिल्ला भित्र्याउन पहल थालिने बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताए । बलेवामा प्याराग्लाइडिङ उडान गर्न आएका पाँच पाइलटले नै प्याराग्लाइडिङ उडान र अवतरणमा कुनै पनि समस्या नरहेको भन्दै व्यावसायिक रूपमा सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण गर्नुपर्ने बताएका छन् । प्याराग्लाइडिङ उडान र अवतरणका लागि विपरीत दिशाबाट हावा लाग्ने स्थान सबैभन्दा उत्कृष्ट स्थान हुने पाइलटको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस