डीपीएल क्रिकेट : आज दुई खेल हुँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

डीपीएल क्रिकेट : आज दुई खेल हुँदै


२ फाल्गुन २०७५, बिहिबार


काठमाडौं । डीपीएल क्रिकेट प्रतियोगितामा आज दुई खेल हुँदैछन् ।

फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज महेन्द्रनगर गुनाइटेड र विराटनगर किंग्सबीच खेल हुने छ । खेल दिउँसो एक बजे हुने छ ।

दुई खेलमा पराजित भएको महेन्द्रनगर लिगको पाँचौं स्थानमा छ । यसअघि भएको खेलमा महेन्द्रनगरले आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग दुई रनले पराजित भएको थियो भने दोस्रो खेलमा काठमाडौं गोल्डेन्ससँग सात रनले पराजित भएको थियो ।

विराटनगर भने आफ्नो पहिलो खेलमा रुपन्देही च्यालेन्जर्ससँग पाँच विकेटले पराजित भएको थियो । दोस्रो खेलमा विराटनगरले धनगढी स्टार्सलाई २१ रनले पराजित गरेको थियो ।

आजै हुने पहिलो खेलमा दुई खेलमा शतप्रतिशत जित हात पारेको रुपन्देही च्यालेन्जर्स र सीवाईसी अतरियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल बिहान ९ बजे सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस